मधेशको मुख्यमन्त्री जनमतका सिंहसहित अन्य दलका १० मन्त्रीले लिए शपथ – Naya Bikalpa
October 23, 2026, Friday      Epaper
गाविस अध्यक्ष हारे, मुख्यमन्त्री बने

मधेशको मुख्यमन्त्री जनमतका सिंहसहित अन्य दलका १० मन्त्रीले लिए शपथ

 

काठमाडौं। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिस कुमार  सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन्।

जनमत पार्टीका प्रदेश सभा सदस्य सिंहलाई मधेश प्रदेश प्रमुख सुमत्रा भण्डारीले शुक्रबार पद तथा गोपनीयताको सपथ गराएकी हुन्। मुख्यमन्त्री सिंहले सपथ लिएलगत्तै नवनियुक्त १० जना मन्त्री र ३ राज्यमन्त्रीहरूले शपथ ग्रहण गरेका छन्।

मधेश प्रदेश सरकारमा नेकपा एमालेबाट संसदीय दलका नेता समेत रहेका सरोज कुमार यादव भौतिक पूर्वाधार मन्त्री, शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री, प्रमोद जैसवाल शिक्षा तथा समाज कल्याण मन्त्री, राजकुमार लेखी शिक्षा तथा संस्कृति मन्त्री भएका छन्।

माओवादी केन्द्रबाटबाट संसदीय दलका नेता भरत साह अर्थ मन्त्री र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री भएका छन्।

नेकपा एकीकृत समाजबादीको संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री भएका छन्।

नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिला चौधरी श्रम तथा रोजगार र नेपाल संघीय समाजवादी पार्टीकी एक्ली सांसद विमला अन्सारी गृह तथा सञ्चार मन्त्री भएकी छन्।

केशव राय स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री, शारदा थापा शिक्षा तथा संस्कृति राज्यमन्त्री,र रंजुकमारी खङले विन विभागीय राज्यमन्त्रीको रूपमा शपथ लिएकी छन्।

गाविस अध्यक्ष हारे, मुख्यमन्त्री बने

गत २०७९ मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा सप्तरीको क्षेत्र नम्वर २ (१) बाट निर्वाचित भएका सिंह यसअघि २०७५ को स्थानीय तह निर्वाचनमा राष्ट्रिय मधेश समाजवादी पार्टीबाट सप्तरीको तिलाठी कोइलाडीका गाउँपालिकाका अध्यक्ष निर्वाचित भए।

त्यसपछि २०७९ मा भएको स्थानीय तह निर्वाचनमा भने उनी सोही गाउँपालिकाको अध्यक्षमा कांग्रेसका अरुणकुमार मण्डलबाट पराजित भए।

सोही वर्षको प्रदेश सभा निर्वाचनमा सीके राउत नेतृत्वको जनमत पार्टीबाट उम्मेदवार भएका सिंह सप्तरी २ को (१) बाट प्रदेशसभा प्रदेशसभा निर्वाचित भए।

सिंह महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजबादी पार्टीका नेता तथा राष्ट्रियसभा सांसद शेखर सिंहका माइला छोरा हुन्।

सम्बन्धित समाचार

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०८१ जेष्ठ २५, १७: १२

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०८१ जेष्ठ २५, १७: १२

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०८१ जेष्ठ २५, १७: १२

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...