नवलपरासी(पूर्व)को वुलिङटारमा भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नवलपरासी(पूर्व)को वुलिङटारमा भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

काठमाडौं। नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालय भवनको प्रतिनिधिसभाका सांसद डा.शशांक कोइरालासहित जिल्ला समन्वय समिति, नवलपरासी (पूर्व) का प्रमुख भगौती यादव, बुलिङटार गाविस दिपेन्द्र सुनारी र भारतीय राजदूतावास काकाठमाडौंका प्रथम सचिव डा.साहिल कुमारले शुक्रबार संयुक्त उद्घाटन गरेका छन्।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको दुई करोड ७५ लाख १० हजार रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको सो विद्यालय भवन उद्घाटन कार्यक्रममा दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक,शिक्षिका, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो।

भारत सरकारको अनुदान सहयोग त्रिभुवन माविलाई आवश्यक पर्ने अन्य सुविधासँगै कक्षाकोठा, परीक्षा, प्रधानाध्यापक, कर्मचारी र प्रशासनका लागि कोठा, जीवविज्ञान, वनस्पति विज्ञान, भौतिक विज्ञान र रसायन विज्ञानका लागि आवश्यक प्रयोगशाला, पुस्तकालय, कम्प्युटर, छात्र र छात्राका लागि छुट्टै शौचालयसहितको विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो।

भारत र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो। परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, नवलपरासी मार्फत गरिएको थियो।

सो अवसरमा सांसद डा.कोइराल, जिसस, नवलपरासीका प्रमुख, बुलिङटार गाविसका अध्यक्ष सुनारी लगायतले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुरउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए।

सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ।

सन् २००३ यता भारतले नेपालका पाँच सय ५१ बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएकोमा चार सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ।

तीमध्ये नवलपरासी (पूर्व) जिल्लाका ३ वटा परियोजनासहित गण्डकी प्रदेशमा ५९ वटा परियोजना रहेका छन्।

भारतले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई एक हजर नौ वटा एम्बुलेन्स र तीन सय वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ। तीमध्ये नवलपरासी (पूर्व) लाई ९ वटा एम्बुलेन्स र १० वटा स्कुल बससहित गण्डकी प्रदेशलाई एक सय १९ वटा एम्बुलेन्स र ४० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ।

यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि भारत सरकारले गरेको सहयोगी उदाहरणीय मानिएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ २५, १८: २५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ २५, १८: २५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ जेष्ठ २५, १८: २५

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...