
काठमाडौं। डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि सडकमै कुटपिट भएको छ।
उनको अवस्था सामान्य रहेको बीबीसीले जनाएको छ। आक्रमणबाट प्रधानमन्त्री स्तब्ध भएको समाचारमा उल्लेख छ।
प्रधानमन्त्री कार्यालयका अनुसार शहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट गरेका थिए।
डेनमार्कका प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै घटनाको विवरण दिएको छ। विज्ञप्तिअनुसार ‘शुक्रबार कोपेनहेगनको कल्चरभेटमा प्रधानमन्त्री मेटे फ्रेडरिकसनलाई एक व्यक्तिले आक्रमण गरेको थियो ।
‘आक्रमणकारीमाथि सोधपुछ भइरहेको तर, आक्रमणको कारण खुल्न सकेको छैन’ प्रहरीले भनेको छ।
काठमाडौं : सुनसरीको देवानगन्ज गाउँपालिका-३, कप्तानगन्जमा आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको...
जनकपुरधाम : जनकपुरमा बढ्दो तनाव र स्थिति नियन्त्रणबाहिर जाने जोखिमलाई मध्यनजर गर्दै धनुषा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।...
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले...