
काठमाडौं। इजरायलले हमासको नियन्त्रणमा रहेका चार जना बन्धकलाई आफ्नो सेनाले जीवितै उद्धार गरेको जनाएको छ।
संयुक्त राष्ट्रसङ्घद्वारा गाजाको शरणार्थी शिविरमा सञ्चालित एक विद्यालयमा इजरायलले घातक आक्रमण गरेपछि इजरायललाई कालो सूचीमा राखिरहेकै बेला इजरायलले सुरक्षा कारबाहीलाई तीव्रता दिइरहेको छ।
इजरायली सेनाले भने उक्त विद्यालयमा आक्रमण गरेको स्वीकार गरे पनि १७ जना मारिएको बताएको छ।
त्यसैको सिलसिलामा इजरायली सेनाले हमास नियन्त्रणमा रहेका बन्धकहरुलाई मुक्त गरेको जनाएको हो।
गत अक्टोबर ७ मा भएको आक्रमणमा प्यालेस्टिनी इस्लामिक लडाकू समूह हमासले नोभा म्युजिक फेस्टिभलबाट ती चारै जनालाई अपहरण गरेको सेनाले जनाएको छ।
गाजाको एक अस्पतालले नुसिरात शिविरलगायत मध्य क्षेत्रमा शनिबार भएको भीषण आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको जनाएको छ।
प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकायले इजरायलले छ हजार विस्थापितलाई आश्रय दिइरहेको उक्त विद्यालयमा आक्रमण गरेको भन्दै त्यसको निन्दा गरेको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद्ले पूर्णता पाएको छ। परिषद्का रिक्त सदस्य पदमा चार जना प्राध्यापक नियुक्त भएसँगै...
काठमाडौं : स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरिएको छ । भण्डारीलाई प्रहरीको केन्द्रीय...
काठमाडौं : मधेश प्रदेशका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा देखिएका हिंसात्मक घटनापछि नेपाली कांग्रेसले सुरक्षा अवस्था र त्यसको स्थानीय जनजीवनमा परेको...