
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री दाहाल आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागि हुन जाने सन्दर्भमा भेटघाट भएको वालुवाटार स्रोतले जनायो।
प्रधानमन्त्रीको भारत भ्रमणका साथै नेकपा एकीकृत समाजबादीको तर्फबाट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भएका दीर्घराज सोडारीको सरकार विस्तारबारे छलफल भएको थियो।
प्रधानमन्त्री दाहाल मोदीको तेस्रो कार्यकालका लागि नयाँ दिल्लीमा आयोजना हुने शपथ ग्रहण कार्यक्रममा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी गंगा दाहालसहितका कर्मचारी लिएर त्यसफर्त गाई सकेका छन्।
प्रधानमन्त्री दाहालले भारतीय जनता पार्टीका नेता समेत रहेका मोदीसँग आजा आईतवार साँझ नै भेट गर्नु हुने भएको छ। प्रधानमन्त्री दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो। सन् २०१४ मा भारतीय प्रधानमन्त्रीमा मोदी नियुक्त भएपछि शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए।
मोदीले भारतको नेतृत्व सम्हाल्नेबित्तिकै ‘छिमेक पहिले’ नीति ल्याएका थिए। सोही विदेश नीतिअनुसार मोदीले दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गरेका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...