माछापोखरीमा रहेको ‘मेगा ड्रिम’ सहकारीका उपाध्यक्षसहित ३ पक्राउ, ७ फरार – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

माछापोखरीमा रहेको ‘मेगा ड्रिम’ सहकारीका उपाध्यक्षसहित ३ पक्राउ, ७ फरार

काठमाडौं। काठमाडौंको माछापोखरीस्थित मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीइओ)सहित तीन जना २१ करोड बढी रकम अपचलन आरोपमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष बासुदेव भट्ट, सचिव तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) इन्द्रप्रसाद गेलाल र सदस्य शरदकुमार अधिकारी छन्।

उनीहरुमाथि सहकारीको २१ करोड दुई लाख ८४ हजार रकम अपचलनको आरोप रहेको प्रहरीले जनाएको छ। आरोपीहरुबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान पुरा गरी सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ।

सहकारीका सञ्चालकहरुविरुद्ध २१ करोड दुई लाख ८४ हजार बिगो मागदावी लिनुपर्ने रायसहित सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए।

बागमती प्रदेशस्थित संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले मेगा ड्रिमका सञ्चालकहरूलाई पक्राउ गरेर कानुनी कारबाही गर्न २०८० साल मंसिर ४ गते नै पत्राचार गरेको थियो।

२०८० फागुन २९ मा प्रहरी वृत बौद्धमा जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। सहकारीका अध्यक्ष महाशंकर रेग्मी, कोषाध्यक्ष रबिनकुमार कार्की, सदस्य शेखर बस्नेत र राजकुमार श्रेष्ठ, पूर्वअध्यक्ष उमाकान्त न्यौपाने, सदस्य प्रकाश घिमिरे र सुभद्रा चौलागाई पनि फरार छन्।

सहकारी सञ्चालकहरूविरुद्ध एक सय ६२ जना बचतकर्ताले जाहेरी दिएका थिए। माछापोखरीमा मुख्य कार्यालय भएको सो सहकारीले थानकोट, कालीमाटी, न्यूरोड, चाबहिल, जारेपाटी, गठ्ठाघर र चापागाउँ दोबोटोमा सेवा कार्यालय सञ्चालन गर्दै आएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ २८, १४: ०२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ २८, १४: ०२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ जेष्ठ २८, १४: ०२

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...