
पोखरा। मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको करिव ३२ करोड रुपैयाँ हिनामिना गरेको प्रकरणमा सहकारीका अध्यक्ष भरत भट्टराईसहित दुई जनालाई प्रहरील पक्राउ गरेको छ। संलग्न पूर्वअध्यक्षसहित दुई जना पक्राउ परेका छन्।
पोखरास्थित वडा प्रहरी कार्यालय गगनगांैडा कास्कीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२१ कृस्ती बस्ने ३० वर्षीय भरत भट्टराई र सोही ठाउँका २८ वर्षीय सुवास अधिकारी छन्।
भट्टराई उक्त सहकारीका पूर्वअध्यक्ष हुन् भने अधिकारी सहकारीका गैह्र सदस्य रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका दुबै जनालाई आइतबार अदालत पेश गरिएको थियो।
कास्की प्रहरीले सहकारीमा ३१ करोड ७८ लाख रकम हिनामिना भएको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा ८ पुसमा पेस गरेको थियो।
प्रहरीले सहकारीमा भएको ठगीको अनुसन्धानसँगै बचतकर्ताले दिएको उजुरीका आधारमा सो रकमबराबरको बिगो दाबी गर्दै प्रतिवेदन तयार गरी पेस गरेको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...