राजधानीको मखनस्थित स्क्वायर सहकारीका तीन संचालक पक्राउ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

राजधानीको मखनस्थित स्क्वायर सहकारीका तीन संचालक पक्राउ

 

काठमाडौं। काठमाडौंको मखनस्थित स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको करिब साढे सात करोड रुपैयाँ हिनामिना गर्ने तीनजना सञ्चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कुलेश्वरका ६६ वर्षीय बासुदेव मान जोशी, काठमाडौं–२५ केलटोलका ६७ वर्षीय सुवर्ण सेलालिक र काठमाडौं–२६ नरदेवीका ५८ वर्षीय धर्मरत्न पाछैं छन्। जोशी अध्यक्ष, सेलालिक सचिव र पाछैं सदस्य रहेको प्रहरीले जनाएको छ।

सहकारीका सञ्चालकहरुले आकर्षक ब्याज दिने प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारीको मुद्दती, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक–त्रैमासिक–वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वास दिलाएका थिए ।

संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको पटक–पटक ताकेता गर्दा पनि नदिएकाले निक्षेप जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समयदेखि ध्यानाकर्षण गराएका थिए।

बचतकर्ताको सात करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना आरोपमा उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका, नगर कार्यापालिकाको कार्यालय, सहकारी विभागको पत्रका आधारमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी सहकारी ऐन, २०७४ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ २८, १४: ४८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ २८, १४: ४८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ जेष्ठ २८, १४: ४८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...