
काठमाडौं। जिल्ला विपद् व्यवस्थापन समिति बझाङले बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्नका लागि भन्दै सोमबार सेती नदीमा आयोजना गरेको कृत्रिम अभ्यास (सिमुलेशन)को क्रममा सशस्त्रका एक जवानको निधन भएको छ।
कृतिम अभ्यासका लागि जिल्लास्थित नेपाली सेना, शसस्त्र प्रहरी बल र प्रहरीका अधिकारीसहित जवानले संयुक्त रुपमा नदीमा अभ्यास गरेर देखाएका थिए।
प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलसमेत सहभागी अभ्यास कार्यक्रममा नजिकैका विद्यालय तथा क्याम्पसका विद्यार्थी र स्थानीय गरी करिब ५ सय जना नदी किनारमा थिए।
बिहान ९ः३० बजे सेती नदीको भोपुर दरबार तथा चैनपुर साना शहरी खानेपानी आयोजनाको ट्यांकी नजिक भइरहेका उक्त अभ्यास सुरु भएको केही मिनेटमै सशस्त्रका एक जवान डुवेको भनी एक्कासी भिडमा कोलाहल मच्चिन थालेको थियो।
नदीबाट स्टेचरमा हालेर केही जवानले डुबेका व्यक्तिलाई नजिकै रहेको आकस्मिक उपचार केन्द्रमा लगेका थिए। उनको अवस्था गम्भीर भएपछि सदरमुकाम चैनपुर लगिएको थियो।
‘नदीमा डुबे कसरी बच्ने भनेर अभ्यास सुरु मात्रै भएको थियो। अचानक एक जवान डुबे। सुरुमा त उनी जानीजानी डुबेको नाटक गरेर सबैलाई देखाउन लागेको भन्ने लाग्यो। तर हलचल नै नगर्ने अवस्था आएपछि अन्य जवानले उनीलाई नदीबाट निकालेको’ प्रत्यक्षदर्शीहरुले बताए।

नदीबाट उद्धार गरेर निकाल्दा उनको शरीरको रंङ्ग पहेँलो भइसकेको थियो। अध्यासका क्रममा नदीमा डुबेका जवान बझाङकै केदारस्युँ गाउँपालिका–७ खिकीरीका २९ वर्षीय नरेन्द्रसिंह धामी थिए। बेहोस अवस्थामा उद्धार गरेर
उनलाई जिल्ला अस्पताल चैनपुर लगिएको थियो।
अस्पताल लगेको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
मृतक धामी विपद व्यवस्थापन सम्बन्धी तालिम प्राप्त व्यक्ति भएको प्रहरीले जनाएको छ। वाढीबाट बच्ने उपाय सिकाउने र अरुलाई बचाउने सीप भएका धामी आफै अस्ताएपछि कृतिम अभ्यास रोकिएको थियो। विवाहित रहेका मृतक नरेन्द्रका दुईवटा छोरा छन्।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...