
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालहरूले नागरिकलाई सेवा दिन ठगिरहेको भन्दै आफु त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन्।
संसद्को शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिको सोमबारको बैठकमा यादवले सरकारी अस्पतालहरूले नागरिकलाई दिने सेवामा ठगी भैरहेको स्वीकारेका हुन्।
उनले केही दिनभित्रै धेरैजनालाई रंगेहात पक्रिएर अख्तियार पठाउने र धेरैलाई निलम्बन गर्ने चेतावनी समेत दिए।
सरकारले निःशुल्क प्रदान गर्न छुट्याएका सेवामा समेत अस्पताल व्यवस्थापनले शुल्क लिइरहेको मन्त्री यादवले बताए।
मन्त्री यादव उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टी (जसपा) नेपाल विभाजग गरी असोक राई नेतृत्वको जनता समाजबादी पार्टीमा लागेर एक महिनाअघि मात्रै मन्त्री भएका हुन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...