
काठमाडौं। नेपाल प्रहरीले विशिष्ट व्यक्तित्व (भीआइपी)लाई लक्षित गरी ‘हनि ट्रयाप’ मा पार्ने गरेको आरोपमा दुई महिला शोभा पाठक र तारा बराललाई पक्राउ गरेको छ।
नाम नखुलाइएका दुईजना महिलाले आफूहरु पीडित भएका भन्दै उजुरी दिएको आधारमा उनीहरु पक्राउ गरेको जनाइएको छ।
तारा बराल यसअघि नै साइबर ब्युरोको नियन्त्रणमा थिइन भने शोभालाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो।
उनीहरु दुवैको नाम राजनीतिक दलका नेता र सुरक्षा निकायका अधिकारीसँग जोडिने गरेको छ। साइबर ब्युरोले शोभा र तारा दुवैले सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या गर्ने लगायतका अपराधिका कार्य गरेको उजुरीका आधारमा उनीहरु पक्राउ गरेको जनाएको छ।
धादिङको ज्वालामुखी गाउँपालिका– ७ निवासी ३१ वर्षीय जानुका पाठक उर्फ ‘शोभा’ले चौथोपटकसम्म बिहे गरिसकेकी छन्।
उनले आफ्नो लाभकै लागि विभिन्न व्यक्तिसँग सम्बन्ध जोड्ने र ब्याल्कमेल गरेर ‘हनि ट्रयाप’मा पार्ने गरेको आरोप लाग्ने गरेको छ।
शोभाले जवरजस्ती करणीको चारवटा मुद्धासमेत दर्ता गरेको बताइन्छ। २०६४ सालमा स्कुल पढ्दापढ्दै खेम छत्कुलीसँग प्रेम विवाह गरेकी शोभाको एक छोरा छन्। श्रीमान विदेश गएपछि शोभा बच्चालाई राम्रो स्कुल पढाउने भन्दै धादिङवेसीमा भाडामा बस्ने गर्दथिन।
व्यवसायी तथा घरधनी शिवराम भण्डारीलाई मायाँजालमा पारेर शोभाले शारीरिक सम्बन्धमा रहेको भिडियो, अडियो रेकर्ड देखाउँदै २०७० भदौ ११ गते सामाजिक परम्परा अनुसार विवाह गरेकी थिइन।
२०७२ असार १० गते उनले स्थानीय तहमा विवाह दर्ता गरेकी शोभालाई शिवरामले विवाहपछि कान्छी श्रीमतीको रुपमा उनलाई काठमाडौं स्थित स्वयम्भुको घरमा राखेका थिए।
शोभाको मायाजालमा सिलवाल थरका नेपाली सेनाका एक क्याप्टेनलाई हनीट्र्यापमा पारेर क्याप्टेनकी श्रीमतीसँग डिभोर्स गराउन बाध्य पारेकी थिइन्।
२०७२ मा शोभाको पहिलो श्रीमान् छत्कुलीको सवारी दुर्घटनामा मृत्यु भएको थियो।
पछिल्लो समय उनले आफुभन्दा ५ वर्ष कान्छा कालिकोटका २६ वर्षीय कपिल शाहीलाई ०८० बैशाख १४ गते काठमाडौँ जिल्ला अदालतबाट चौथो विवाह दर्ता गरेर गत पुस २९ गते अदालतमा पुगेर सम्बन्धविच्छेद गरेकी छिन्।
शोभाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वगृहमन्त्री वामदेव गौतमसँग खिचेका तस्वीर सार्वजनिक गरेकी छन् । त्यस्तै नेकपा एकालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतसँग उनले खिचेको तस्बीर श्रब्य दृष्यसमेत सामाजिक संञ्जालबाट सार्वजनिक गरेकी थिइन।
त्यस्तै, आफूलाई सामाजिक अभियन्ता बताउने तारा बराल चितवनकी हुन। पछिल्लो समय उनी विभिन्न स्थानमा गएर मनलाग्दी बोल्दै चर्चामा आएकी थिइन। युटुवरको साथ पाएकी बरालले नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दसँग आफ्नो विवाह हुन लागेको भनी सार्वजनिक अभिव्यक्ति समेत दिएकी थिइन।
उनले चन्दसँग प्रेममा रहेको बताउँदै एकपटक त दबाब दिएर विवाह गर्ने सहमतीको कागज समेत तयार पार्न लगाएको बताइन्छ। चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...