
काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सत्ताका लागि लम्पसार पर्नेहरुले नै आफूलाई ‘भारतीय दलाल’ भनेर दोषारोपण गरेकोमा आपत्ति जनाएका छन्।
‘भारतसँग भएका असमान सन्धि सम्झौता पुनर्लेखनका लागि प्रवुद्ध व्यक्ति समूह (इपीजी) बनाएर समस्या समाधान गर्नुपर्छ भनेर शुरु गरेको मलाई नै भारतीय दलालको आरोप लगाउने गरेका छन्’, डा. भट्टराईले पार्टी स्थापना दिवसको अवसर बुधबार राजधानीमा आयोजित कार्यक्रममा भने।
उनले भारतसँगको समस्या समाधान गरौं भन्ने आफूलाई दलाल देख्ने तर, कुर्सीका लागि भारतसँग लम्पसार गर्नेहरूलाई राष्ट्रवादी देख्ने भएकाले मुलुक बन्न नसकेको जिकिर गरे।
आफूले राजतन्त्रको अन्त्य गर्ने संकल्प लिएकाले कम्युनिष्ट पार्टीमा लागेको र त्यसको अन्त्य भएपछि छोडेको पनि स्पष्ट पारे।
उनले भने, ‘भारतसँगको सन्धि, सम्झौताहरू जुन हुन्। प्रवुद्ध व्यक्ति समूहको आधारमा पुनर्लेखन गरौँ भन्ने त मैले नै सुरु गरेको हो। अहिले त्यो हरायो। उल्टो मलाई नै भारतीय दलाल भयो भन्छन। जसले प्रवुद्ध समूह बनाएर भारतसँग वार्ता गरेर यो समस्या हल गरौं र खुला सीमाना असमान सन्धि, सम्झौता अंग्रेजका पालादेखि भए त्यसलाई समयानुकूल बनाऔँ भन्ने चाहीँ दलाल?’
भट्टराईले आफ्नो कुर्सीको निम्ति यहाँ १२ हात उफ्रिनेहरु दिल्लीमा गएर लम्पसार पर्ने गरेको दृष्टान्त दिँदै भने, ‘लम्पसारवादीहरु राष्ट्रवादी भएपछि यो देश बन्छ?’ अध्यक्ष भट्टराईले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउन जनलोकपाल गठन गरेर अघि बढनु पर्ने प्रस्ताव समेत अघि सारेका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...