
काठमाडौं। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को गभर्निङ बडीमा नेपाल सर्वसम्मतिले निर्वाचित भएको छ।
जेनेभामा जारी आईएलओको ११२औं अन्तराष्ट्रिय सम्मेलनमा गत शुक्रबार मतदान भएको थियो। मतदानमा एसिया–प्यासिफिक क्षेत्रबाट नेपाल निर्वाचित भएको हो। मतदानमा १८७ मुलुकले सहभागिता जनाएका थिए। नेपालले १८५ मत प्राप्त गरेको थियो।
तीन वर्षे कार्यकालका लागि नेपाल उपसदस्यमा निर्वाचित भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
उपसदस्यका रूपमा नेपाल २०२४ देखि २०२७ सम्मको कार्यकाल चलाउने छ। जसमा सरकार, रोजगारदाता र ट्रेड युनियनको प्रतिनिधित्व हुन्छ।
आगामी १५ जुनमा ‘गभर्निङ बडी’ को बैठकको ३५१औं सत्रबाट नेपालले जिम्मेवारी पाउनेछ। उपसदस्यको हैसियतमा नेपालले श्रमस्तरलाई अगाडि बढाउन, मर्यादित कामको प्रवर्द्धन गर्न र आईएलओमा लोकतान्त्रिक र समावेशी निर्णय प्रक्रियामा त्रिपक्षीय सहयोग अभिवृद्धि गर्न योगदान गर्नै अवसर पाउनेछ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...