
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरसरकारी संस्था (एनजिओ–आइएनजिओ)को कार्यकारी पदमा रहेकालाई सरकारी वा सार्वजनिक निकायमा नियुक्ति नदिन सरकारलाई पत्राचार गरेको छ।
सरकारी, सार्वजनिक कार्यालय, समिति तथा संस्थानमा नियुक्ति दिँदा त्यसमा गैरसरकारी संस्थाको कार्यकारी पदमा बसेका व्यक्तिले स्थान नपाउने व्यवस्था गर्न सरकारलाई अख्तियारले पत्राचार गरेको हो।
अख्तियारको पत्र पाएपछि मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, निकाय, प्रदेश र स्थानीय तहसमेतमा पत्राचार पनि गरिसकेको छ।
निजामती सेवा ऐनले सम्बन्धित सेवाबाहेक अन्य गैरसरकारी संस्थामा आबद्ध हुन रोक लगाएको छ । तर, सरकारी सार्वजनिक नियुक्तिमा भने यस्तो खालको कानुन छैन।
सोही कारणा आगामी दिनमा त्यसलाई रोक्न अख्तियारले आग्रह गरेको हो ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...