ऐन विपरित शिक्षामन्त्री सुमनाद्वारा जारी शिक्षक सरुवा निर्देशिका खारेज गर्न माग – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

ऐन विपरित शिक्षामन्त्री सुमनाद्वारा जारी शिक्षक सरुवा निर्देशिका खारेज गर्न माग

काठमाडौं। सस्तो लोकप्रीयताका लागि कामभन्दा प्रचार रुचाउने शिक्षा मन्त्री सुमना श्रेष्ठले कानुन विपरित जारी भएको शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ तत्काल खारेज गर्न स्थानीय तहले दबाब दिएका छन्।

गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले निर्देशिका कार्यान्वयन नगरी संविधान र गाउँ तथा नगर सभाबाट जारी भएको स्थानीय शिक्षा ऐनबमोजिम कार्यसम्पादन गर्न सबै ७५३ स्थानीय सरकारलाई अनुरोध पनि गरेको छ।

दुबै संघले शिक्षक सरुवा सम्बन्धी निर्देशिका तत्काल खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको समेत ध्यानाकर्षण गराएका छन्।

महासंघ र संघले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेठ १३ गते जारी गरेको शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ मा स्थानीय आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निर्देशिका खारेज गर्न मन्त्री सुमना श्रेष्ठको ध्यानाकर्षण गराएका हुन्।

संघीय शिक्षा विधेयक संसदमा विचाराधीन रहेको अवस्थामा सम्बन्धित संसदीय समितिलाई सरोकारवालासँग परामर्श गरेर संसदमा पेश गर्न सहजीकरण गर्नुपर्नेमा अहिले ल्याइएको निर्देशिका २०२८ सालको शिक्षा ऐनको प्रभावमा विद्यालय शिक्षालाई केन्द्रीकृत रूपमा नै सञ्चालन गर्न खोज्नु संविधान विपरीत भएको महासंघका अध्यक्ष लक्ष्मी पाण्डे र संघका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संविधानतः आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकार माथि हस्तक्षेप हुने गरी केन्द्रीकृत रूपमा नै विद्यालय सञ्चालन गर्ने गरी ल्याइएको शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ तत्काल खारेज गर्न संघ र महासंघले माग गरेका छन् ।

साथै जारी भएको निर्देशिका कार्यान्वयन नगरी संविधान र गाउँ तथा नगर सभाबाट जारी भएको स्थानीय शिक्षा ऐनबमोजिम कार्यसम्पादन गर्न सबै ७५३ स्थानीय सरकारलाई अनुरोध पनि विज्ञप्तिमार्फत नै गरिएको छ ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ ३२, १२: ३२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ ३२, १२: ३२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ ३२, १२: ३२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...