
काठमाडौं। सरकारले छापा सञ्चार माध्यम (पत्रपत्रिका)लाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम भुक्तानी रोकेकोमा नेपाल प्रेस युनियनले आपत्ति व्यक्त गरेको छ।
प्रेस युनियनका महासचिव दिलीप पौडेलले आज एक विज्ञप्ति जारी गर्दै भुक्तानी रोक्ने सरकारकोकार्य खेदजनक रहेको भन्दै लोककल्याणकारी विज्ञापन बापतको रकम भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरेका छन्।
बजेट अपुग भएको देखाउँदै विज्ञापन बोर्डले वैशाख र जेठको रकम भुक्तानी दिएको छैन । त्यस्तै, असारदेखि लोककल्याणकारी विज्ञापन प्रकाशित गर्न भनेको समेत छैन।
विज्ञापन बोर्डका अनुसार ८ सय ६६ पत्रिकालाई दिनुपर्ने ३ करोड ४६ लाख रुपैयाँ पैसा अपुग भएको छ। सो रकम तत्काल निकासा गर्न युनियनले आग्रह गरेको छ ।
मुलुकको अर्थतन्त्रमा समस्या आएका कारण सञ्चार माध्यम सञ्चालनमा कठिनाइ भइरहेकोमा साना लगानीका स्वरोजगारमूलक सञ्चार माध्यमलाई दिंदै आएको विज्ञापन बापतको रकम रोक्ने कार्य युनियनलाई मान्य नहुने महासचिव पौडेलद्वारा हस्ताक्षर गरी जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञापन रोक्दा सञ्चार माध्यम धराशायी हुनुका साथै सञ्चार क्षेत्रमा कार्यरत हजारौंको रोजगारी जोखिममा पर्ने भएकाले छापा सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन बापतको बक्यौता रकम तत्काल उपलब्ध गराउन नेपाल प्रेस युनियन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
विज्ञापनलाई निरन्तरता दिएर सुविधा वृद्धि गर्न, प्रविधिको विकासले पछिल्लो समय लोकप्रिय हुँदै गएको अनलाइन सञ्चार माध्यमलाई समेत विज्ञापनका लागि बजेटको व्यवस्थापन गर्न प्रेस युनियनले सूचना प्रविधि तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय र आवश्यक समन्वय गर्न विज्ञापन बोर्ड लगायतका सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।
सञ्चार क्षेत्रलाई निरुत्साही गर्ने गैरजिम्मेवारपूर्ण कार्यलाई निरन्तरता दिंदै पत्रपत्रिकालाई लोककल्याणकारी विज्ञापन बापतको रकम भुक्तानी रोकेमा युनियन थप आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...