रक्तदाता संघ कतारको तेश्रो अधिवेशन सम्पन्न – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

रक्तदाता संघ कतारको तेश्रो अधिवेशन सम्पन्न

काठमाडौं। नेपाली रक्तदाता संघ, कतारको १३ जून २०२४ अर्थात जेठ ३१ गते विहीबारका दिन दोहास्थित लाली गुराँस रेस्टुरेन्टको सभाहलमा भएको तेश्रो अधिवेसनले सर्वसम्मतले कार्यसमिति चयन गरेको छ।

संस्थाका अध्यक्ष रामजी खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कतारस्थित नेपाली राजदूत डा.नरेशविक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

अधिवेशनको बिशेष अतिथिहरूमा नेपाली दुतावास कतारका नियोग उपप्रमुख कुमार राई , अन्तराष्ट्रिय नेपाली रक्तदाता संघका उपाध्यक्ष डा. मनिता राजकर्णिकार, राहुल रेग्मी, सचिव तेज कटुवल, सदस्य विनोद भट्टराई,जनसम्पर्क समितिका महामन्त्री केदार भुषाल, प्रवासी नेपाली मञ्चका विनेश तामाङ्ग, रक्तदाता संघका आजीवन सदस्य तथा समाजसेवी बिमल सुवेदी, चानक पोखरेल, सागर नेपाल लगायत थिए।

अधिवेशनले खेम सुवेदीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, गणेश ढकालको प्रगति प्रतिवेदन सर्बसम्मतले पारित भएको थियो। कार्यक्रम सहाजीकरण शारदा भुजेलले गरेको बताइएको छ।

कार्यक्रममा अर्घाखाँची सेवासमाजका अध्यक्ष बिष्णु कुँवर, प्रदेश संस्थाहरूको तर्फबाट गण्डकी प्रदेश अध्यक्ष सागर पौडेल, माहिला समाज प्रथमं उपाध्यक्ष सन्ध्या आर्याले संस्थाको मूलमन्त्रलाई ब्यानरमा राखेकी थिइन।

त्यस्तै, कार्यक्रममा नेपाल आदिबासी जनजाती महासंघका उपाध्यक्ष राकेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष दिल कुमार श्रेष्ठ, समाजिक अभियान्ता रक्तदाता संघका आजीवन सदस्य विमल सुवेदीले शुभ कामना मन्तब्य राख्दै रक्तदाता संघको कार्यक्रम समाजिक संघ संस्था र राजनैतिक संस्थाको जस्तो नगरी रक्तदान गर्न उत्प्रेरणा दिने खालका प्रशिक्षण जस्ता कार्यक्रमलाई श्रब्य र श्रब्य दृष्य (भिडिओ) मार्फत उत्प्रेरित गर्नु बताए बताए।

समाजिक अभियान्ता चानक पोखरेल, सागर नेपाल, विनोद भट्टाराई, तेजÞ कटुवाल केन्द्रिय सचिव, राहुल रेग्मी र मानिता राज कणीकारले आफनो शुभ कामना मन्तव्य राखेका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ ३२, २०: ३३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ ३२, २०: ३३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ ३२, २०: ३३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...