
कतार । कतारमा कार्यरत श्रमिकहरुलाई उच्च गर्मीको असरबाट बच्ने उपायको बारेमा जानकारी दिने उद्देश्यले यहाँ श्रमिकहरुलाई ‘हिट स्ट्रेस’ सम्वन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।
जेठ ३२ गते शुक्रबार नेपाली राजदूतावास दोहाको सभाकक्षमा ‘क्युएसटी टे«निङ एण्ड कन्सल्टेन्सी’ तथा ‘विल्डिङ एण्ड उडवर्कर्स इन्टरनेसनल’द्वारा आयोजित सो सचेतनामुलक कार्यक्रममा कतारमा कार्यरत ५० जना नेपाली श्रमिकहरुको सहभागिता थियो ।
‘क्युएसटी टे«निङ एण्ड कन्सल्टेन्सी’की संस्थापक श्रीमती यास्मिन नाजको अध्यक्षतामा संचालित सो कार्यक्रको प्रमुख अतिथि कतारका लागि नेपाली राजदुत डा.नरेशविक्रम ढकालले कार्यक्रमको महत्वबारे प्रकाश पार्नु भएको थियो।
‘मास्टरिङ द हिट स्टे«सः बिट द हिट’ को नारा रहेको उक्त सचेतनामूलक कार्यक्रममा उच्च गर्मीबाट हुने तनाव, यसबाट शरीरमा देखिने लक्षण, यसका नकारात्मक असरबाट बच्ने उपायहरूबारे अनुभवी प्रशिक्षक बिमल सुबेदीले प्रशिक्षण दिएका थिए।
प्रश्नोत्तरमा सही जवाफ दिने सहभागीहरूलाई पुरस्कृत गर्नुका साथै सम्पूर्ण सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
सो अवसरमा राजदुत डा.ढकालले सफलतापूर्वक कार्यक्रम सम्पन्न भएकोमा आयोजक टिमको प्रशंसा गर्दै यस्ता उपयोगी कार्यक्रम आयोजना गर्न आगामी दिनमा समेत नेपाली राजदूतावासको निरन्तर सहयोग रहने कुरा ब्यक्त गरे।


ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...