
काठमाडौं। नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्वको गरेको संयुक्त सरकारको तेश्रो ठूलो घटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भएकाहरुले सार्वजनिक रुपमै प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट खेलकुद मन्त्री रहेका विराजभक्त श्रेष्ठले पार्टीका मन्त्रीहरूको राजीनामा पत्रमामा मिति लेख्न मात्रै बाँकी रहेको बताएर सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री दाहाललाई अप्रत्यक्ष रुपमा धम्क्याएका छन्।
श्रेष्ठले आफूहरू सरकारमा भए पनि सत्ता भने पूरानै शैली, कर्मकाण्डी तरिका र उपलब्धि नहुने गरी चलेकाले आफूहरू दुई धारे तरवारको बीचमा चलिरहेको बताए।
उनले भने, ‘अहिले जुन खालको अवस्था छ, केही कुरामा हामीलाई अनावश्यक, अनधिकृत हिसाबले कुनै खालको सम्झौता गर्न पर्यो भने त्यो दिन नै रास्वपा सरकारबाट बाहिर आउन अहिले नै तयार छ। हाम्रो राजीनामा पत्रमा मिति मात्र लेख्न बाँकी छ। त्यो तयार गरेर बोकेर नै हिँडेका छौँ।’
श्रेष्ठले सबै जिम्मेवार नेताहरु बसेर सरकारलाई दिएको समर्थनको बारेमा एकचोटि समीक्षा गर्नुपर्ने बेला पनि रहेको बताए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...