रक्तदाता संघ कतारको अध्यक्षमा खत्री निर्वाचित – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
राजदूत डा.ढकाल भन्छन्– समाजसेवाले नै सर्वोत्तम सेवा हो

रक्तदाता संघ कतारको अध्यक्षमा खत्री निर्वाचित

दोहा । रक्तदाता संघ कतारको तेश्रो अधिवेशनबाट रामजी खत्रीको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

अधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कतारका लागि नेपाली राजदूत डा.नरेश विक्रम ढकालले रक्तदान जस्तो सर्वोत्तम सेवा अरु हुन नसक्ने बताए।

उनले रक्तदाता संघले हमाद हस्पिटल व्लड डोनेसन सेन्टर र नेपाली समुदायवीच सहकार्य गरी रक्तदान गर्न प्रेरीत गर्दै हरेक महिना नियमित रक्तदान गर्दै आएकोमा उच्च प्रशंसा गरे।

‘प्रवासमा वसेका नेपाली दाजुभाइको एकताले नै आत्मियता वढाउछ’, राजदूत डा. ढकालले भने, ‘त्यसैले जहाँ वसे पनि हामी नेपालीवीच सामाजिक सेवाबाटै भावनात्मक रुपमा जोडिने अवसर मिलेको छ।

रक्तदातासँग जोडिने अवसर दिएकोमा नेपाली रक्तदाता संघ कतारप्रति उनले विषेश धन्यवाद समेत दिए। कतारमा आएका राजदूतमध्ये डा.ढकाल पहिलो रक्तदान गर्ने नेपाली राजदूत हुन्। सो अवसरमा संघले राजदूत डा. ढकाललाई सम्मान गरेको थियो।

रक्तदाता संघ कतारको तेश्रो अधिवेशनमा कतारमा रहेका विभिन्न नेपाली समुदाय जोडिएका संस्थाका प्रमुख र प्रतिनिधिहरुले शुभकामना मन्त्यव्य दिएका थिए।

सो अवसरमा सामाजिक अभियान्ता रक्तदाता संघका आजीवन सदस्य विमल सुवेदीले रक्तदाता संघको कार्यक्रम समाजिक संघ संस्था र राजनीतिक संस्थाको जस्तो नगरी रक्तदान गर्न उत्प्रेरणा दिने र प्रशिक्षण जस्ता कार्यक्रम श्रब्य दृष्यमाध्यमबाट प्रवाह गर्न सके अझ बढी उत्प्रेरण प्रदान गर्न सक्ने सुझाव दिए।

अर्घाखाँची सेवा समाजका अध्यक्ष बिष्णु कुँवर, प्रदेश संस्थाहरूको तर्फबाट गण्डकी प्रदेश अध्यक्ष सागर पौडेल, माहिला समाजकी प्रथम उपाध्यक्ष संध्या अर्यालले संस्थाको मूल मन्त्रलाई ब्यानरमा राखेका थिए।

नेपाल आदिबासी जनजाती महासंघका उपाध्यक्ष राकेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष दिलकुमार श्रेष्ठ, सामाजिक अभियन्ता चानक पोखरेल, सागर नेपाल, विनोद भट्टाराई, तेजÞ कटुवाल, केन्द्रिय सचिव राहुल रेग्मी र मानिता राजकर्णीकारले शुभकामना मन्तव्य दिएका थिए।

तेश्रो अधिवेशनबाट निर्वाचित कार्यसमिति –
१. अध्यक्ष – रामजी खत्री – गोरखा
२. उपाध्यक्ष – भिमबहादुर बिश्वकर्मा – मोरंग
३. उपाध्यक्ष – छबिलाल भट्टराई – पर्वत
४. महिला उपाध्यक्ष – मेनुका खतिवडा भण्डारी – धादिङ
५. सचिव – कल्याण थापा – लमजुङ
६. कोषाध्यक्ष – निराजन गौतम – बाग्लुङ
७. सहसचिव – खिमराज सुबेदी – सुनसरी
८. सह–कोषाध्यक्ष – शुष्मा खतिवडा कटुवाल – सुनसरी
९ . कोशी प्रदेश संयोजक – गोपाल खतिवडा – सुनसरी
१०. बाग्मती प्रदेश संयोजक – सुदर्शन भण्डारी – नुवाकोट
११. गण्डकी प्रदेश संयोजक – जिव नारायण पौडेल – स्याङ्जा
१२. लुम्बिनी प्रदेश संयोजक – देब लम्साल – गुल्मी
१३. कर्णाली प्रदेश संयोजक – शोभाराम ओली – रोल्पा
१४. सुदूरपश्चिम प्रदेश संयोजक – सुरेन्द्र बहादुर चन्द – कन्चनपुर
१५. कार्यसमिति सदस्य – शारदा भुजेल – झापा
१६. कार्यसमति सदस्य – राजकुमार तिमल्सिना – काठमान्डौ
१७. कार्यसमिति सदस्य – दिनेश शर्मा खरेल – रुपन्देही
१८. कार्यसमिति सदस्य – श्रद्धा के.शी. कटुवाल – सुनसरी
१९. कार्यसमिति सदस्य – रमा तामाङ – कास्की
२०. कार्यासमित सदस्य – काल्पना घर्ती – गुल्मी
२१. कार्यसमिति सदस्य – इन्दिरा शाह – दोलखा

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार २, २२: ५०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार २, २२: ५०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार २, २२: ५०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...