एक पुरुषको हत्या आरोपमा बैतडीकी शिक्षिका भागरथी विष्ट पक्राउ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

एक पुरुषको हत्या आरोपमा बैतडीकी शिक्षिका भागरथी विष्ट पक्राउ

बैतडी। बैतडीको पाटन नगरपालिका–६ का ५१ वर्षीय वीरभान सिंह बिष्टको हत्या आरोपमा स्थानीय एक विद्यालयकी शिक्षिका ३६ वर्षीया भागरथी विष्टलाई प्रहरीले पक्राउ गरेको छ।

शिक्षिका भागरथीले बीरभानको हत्यापछि शव व्यवस्थापन गर्न एक अटो चालकलाई जिम्मा दिएको प्रहरीसमक्ष बयान समेत दिएकी छन्।

शिक्षिका भागरथी सहस्त्रलिङ्ग प्राथमिक विद्यालयमा राहत शिक्षिकाको रुपमा कार्यरत छन्। एकल महिला समेत रहेकी उनको बयानपछि प्रहरी टोली शव व्यवस्थापन गर्ने ती अटो चालकको खोजीमा लागेको जनाइएको छ।

प्रहरीले शव खोज्न तालिमप्राप्त कुकुर परिचान गर्ने तयारी गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जनाएका छन्। हत्या गरिएका भनिएका विष्टको शव फेला परेको छैन।

विष्ट शनिबारदेखि परिवारको सम्पर्कमा नरहेको आफन्तले जनाएका छन्। भागरथीले असार १ गते आफ्नै घरमा विरभानको हत्या गरेकी थिइन्। हत्यापछि आइतबार मध्यरातसम्म आफ्नै घरभित्र लाश लुकाएको र गएराति मात्रै शव व्यवस्थापनका लागि घरबाट निकालेको जनाएकी छन्।

सोमबार स्थानीयले पक्राउ परेकी भागरथीको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म घिसारेर लगिएको छाप र रगतसमेत देखिएकाले स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले भागरथीलाई पक्राउ गरेको थियो।

हत्याको कारण अझै खुलिसकेको छैन। तर, भागरथी र हत्या गरिएका पुरुषको चिनजान पुरानै रहेको खुलेको छ।

स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय पाटन घेराउ गरेको छन्। हत्या गरिएका भनिएका विष्ट ट्रक ड्राइभर रहेको खुलेको छ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार ३, १८: ३०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार ३, १८: ३०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार ३, १८: ३०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...