
काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली नागरिक श्रमिकको संख्या ६ लाख ८२ हजार पुगेको छ।
चालु आव २०८०-०८१ को साउनदेखि जेठ मसान्तसम्म वैदेशिक रोजगारीमा ६ लाख ८२ हजार ३८६ जना नेपाली गएका छन्। यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो।
वैदेशिक रोजगार विभागअनुसार जेठमा मात्र ७२ हजार ६ सय ८१ जना रोजगारीका लागि विदेश गएका छन्। जसमा ६४ हजार ८ सय ८६ पुरुष र ७ हजार ९ सय ७५ महिला छन्। गत वैशाखमा ७० हजार व्यक्ति रोजगारीको खोजीमा विदेश गएका थिए।
गत आर्थिक वर्ष २०७९-०८० मा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार पुगेको थियो। चैतयता प्रत्येक महिना ७० हजार हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारीमा गइरहेको विभागले जनाएको छ।
विभागले रोजगारीको प्रमुख गन्तव्य खाडी मुलुक भएको छ भने त्यसमा पनि संयुक्त अरब इमिरेट्स (युएई) पहिलो श्रम गन्तव्य बनेको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...