भट्टलाई सुदूरपश्चिम दलको नेता बनाउन प्रचण्डको निर्देशनलाई धामीले दिए चुनौति – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
दाहाललाई बुहारी बिनाको चलखेलले तनाव

भट्टलाई सुदूरपश्चिम दलको नेता बनाउन प्रचण्डको निर्देशनलाई धामीले दिए चुनौति

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी पार्टी कमिटी सदस्य समेत रहेका सुदूरपश्चिम प्रदेश सभा सदस्य खगराज भट्टलाई संसदीउ दल नेता बनाउन दिएको निर्देशनलाई उनकै पार्टीका अर्का नेताले चुनौति दिएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुदूरपश्चिमका सबै सासंदहरुलाई बोलाएर मंगलबार अध्यक्ष दाहालले यस्तो निर्देशन दिए पनि बहालवाला संसदीय दलका नेता मानबहादुर धामीले भने चुनौति दिएका छन्।

माओबादी नेतृ तथा सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज समेत रहेकी अध्यक्ष दाहालकी बुहारी बिना मगरको उक्साहटमा सुदूरपश्चिममा माओबादी संसदीय दलका नेता समेत रहेका स्थायी कमिटी सदस्य भट्टलाई हटाएर बैकल्पिक केन्द्रीय सदस्य मानबहादुर धामीलाई संसदीय दलको नेता बनाएपछि माओबादीभित्र बिबाद चुलिएको छ।

स्थायी कमिटी सदस्य भट्टलाई राजनीतिबाट किनारा लगाउने उद्देश्यले उनीभन्दा निकै कनिष्ठ र केन्द्रीय कमिटी सदस्य मात्र रहेका बिना मगरलाई सह–इच्चार्ज बनाएर अपमान गरेपछि उपमहासचिव जनार्दन शर्माले पार्टी सचिवालय बैठकमा खुलेर विरोध गरेका थिए।

भट्टलाई दल नेता बनाउन दाहालले निर्देशन दिएको समाचार बाहिरीएपछि संसदीय दलका नेता मानबहादुर धामीले सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष दाहाललाई चुनौति दिएका हुन्।

‘समाचार मात्र लेखाउनु भन्दा प्रकृयामा गएर फेस गरेकसो होला,कुरि कुरि’, प्रदेश सभा सदस्य धामीले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्।

पछिल्लो समय पार्टी र संसदीय दल दुवैबाट भट्टको भूमिका खोसिएपछि उनी मौन बसेका थिए। भट्टलाई दल नेताबाट हटाएपछि पार्टीको स्थायी समिति बैठकमा समेत त्यसबारे चर्को बहस भएको थियो।

पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीको सहभागितालाई लिएर विवाद चर्कदै गएपछि प्रचण्डले पार्टी प्रदेश इञ्चार्जसहित सबै सांसदलाई काठमाडौं बोलाएका थिए।

सुदूरपश्चिममा सभामुख बाहेक माओवादीका १० जना सांसद छन्। दलका नेता धामीको पक्षमा उनीसहित पाँच जना छन् भने स्थायी कमिटी सदस्य भट्टको पक्षमा ५ जना छन्।

अध्यक्ष दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको बैठकमा प्रदेश इञ्चार्ज गिरिराजमणि पोखरेल र सह इञ्जार्च विना मगर लगायतको उपस्थिति थियो। दाहालले तत्काल सुदूरपश्चिम सरकारमा सहभागि मन्त्रीलाई फिर्ता पनि नबोलाउन उनले निर्देशन समेत दिएका छन्।

सह–इन्चार्ज बिना मगरकै संरक्षणमा धामीले पार्टी अध्यक्ष दाहालको निर्देशनलाई समेत चुनौति दिनुलाई माओबादीभित्र गम्भीर रुपमा हेरिएको छ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार ५, १३: ५९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार ५, १३: ५९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार ५, १३: ५९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...