
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले देशभरबाट आठ सय २५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको दाबी गरेकी छिन्।
शिक्षामन्त्री श्रेष्ठले आफ्नो एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै यस्तो दाबी गरेकी हुन्। उनले आफ्नो सय दिनको उपलब्धिमा ४५ जना शिक्षकविरुद्ध उजुरी परेको, ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको जनाएकी छन्।
मन्त्री श्रेष्ठले मन्त्रालयको निर्देशनपछि २० जना शिक्षकले पद नै त्यागेर राजनीतिमा लागेको बताईन।
सरकारले नीति तथा कार्यक्रममा पनि शिक्षकलाई दलीय आबद्धता मुक्त गराउने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने घोषणा गरेको थियो।
शिक्षामन्त्री श्रेष्ठले कार्यकालको एक सय दिनको कार्य विवरण सार्वजनिक गर्दै शिक्षकहरूलाई राजनीतिबाट निरुत्साहित गर्न आफ्नो प्राथमिकता रहेको प्रतिबद्धता दोहो¥याइन् ।
उनले शिक्षामा दलीय राजनीतिकरण हुन नहुने विषयमा अन्तिम समयसम्म लडीरहने बताइन।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...