
काठमाडौं। प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको आयोगको बैठकले ले झापास्थित बीएण्डसी अस्पताललाई मेडिकल कलेजलाई एमबिबिएस अध्यापन गराउनको लागि अनुमित (सम्बन्धन) दिने निर्णय गरेको छ।
आयोगको बालुवाटारमा बसेको आयोगको १४औँ बैठकले सर्वोच्च अदालतको आदेश अनुसार बीएण्डसीलाई चिकित्सा शिक्षा पढाउन सम्बन्धन दिने निर्णय गरेको हो।
२०८० चैत १२ गते न्यायाधीशहरू कुमार चुँडाल र सारङ्गा सुवेदीको संयुक्त इजलासले दुर्गा प्रसाईँ सञ्चालक रहेको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो।
सर्वोच्च अदालतले जेठ १४ गते आदेश दिँदै १५ दिनभित्र बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा आदेश जारी गरेको थियो।
सर्वोच्चको परमादेशपछि काठमाडौं विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गतेको बैठकले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धन दिन सिफारिससहितको पत्र पठाएको थियो।
प्रधानमन्त्रीले बीएण्डसीलाई सम्बन्धन दिनुपर्ने तर्क राखेपछि सदस्यले पनि सहमति जनाएको एक सदस्यले जानकारी दिए।
आयोगको मंगलबारको बैठकको मुख्य एजेण्डा बीएण्डसीको सम्बन्धनकै विषय थियो। बैठकमा आयोगका सहअध्यक्षहरु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ पनि सहभागी थिए।
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले भने अदालतको आदेशको न्यायिक पुनरावलोकनको माग राख्दै अनसनको चेतावनीलाई दिएका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...