
काठमाडौं। नेपाली सेनामा नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली हुने वा जन्म मिति सच्याएर सेवा प्रवेश गर्ने र बढुवा हुने अधिकृतहरुको संख्या अत्यधिक छ। तर त्यस्तो फर्जी वा कीर्ते कागजात पेश गर्ने सबैलाई सैनिक नेतृत्वले कारबाही गर्दैन।
नेतृत्वप्रति उदार भावना मात्र होइन, चरम चाकडी गर्नेहरु जोगाइन्छ भने पूर्ववर्ती सैनिक नेतृत्वको नजिक भएकाहरुलाई छानी छानी कारबाहीको भागिदार बनाईन्छ । र कसैलाई कारबाही गरेको पाइएको छ । प्यारजङ थापा सैनिक नेतृत्वमा आएपछि देखिएको सेना भित्रको गुटको शिकार प्रत्येक तीन तीन वर्षमा प्रतिशोधको रुपमा देखा पर्छ।
यस्ता उदाहरणहरु धेरै छन् । हालै मात्र एक महासेनानी (कर्णेल) दिरेन्द्र कुमार श्रेष्ठलाई नेपाली सेनाको समरी सैनिक जनरल अदालतले जन्ममिति र नाम सच्याएको विषयमा दोषी ठहर गर्दै सेवाबाट निष्काशन गर्यो। तर
जन्ममिति सच्याउने उपरथी सीताराम केसीलाई भने वर्तमान सैनिक नेतृत्वले रथीमा बढुवा गर्यो। कर्णेल मल्ललाई नेपाली सेनाको अदालतले भविष्यमा अयोग्य नठहरिने गरी सेनाको सेवाबाट बर्खास्त गरेको छ।
उनलाई अमेरिकास्थित संयुक्त राष्ट्र संघको नेपाली नियोगको सैनिक सहचारीको रुपमा कार्यरत रहेकै अवस्थामा जंगी अड्डाले नेपाल झिकाएर हिरासतमा लिएको थियो।
उनलाई उमेरसम्बन्धी विवादमा छानबिनका क्रममा दोषी देखिएपछि बर्खास्त गरिएको जनाइएको छ। तर उपरथी हुँदादेखि नै जन्ममिति विवादमा परेका उपरथी सिग्देल भने गत मंसिर अन्तिममा रथीमा बढुवा भए।
सिग्देलको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा फरक–फरक जन्ममिति देखिएको छ। रुपन्देहीका स्थायी बासिन्दा सिग्देलले जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिँदा जन्ममितिमा करिब २ महिना फरक पनि देखिएको छ भने जागिर खाएको करिब तीन दशकपछि शैक्षिक प्रमाणपत्रमा जन्ममिति सच्याइएको भेटिएको थियो।
अन्य कुरा यथावत् रहेमा र सिग्देलविरुद्ध विभिन्न निकायमा परेका उजुरीहरुको छानबिन नभएमा वा भएर पनि उनी दोषरहित भएको खण्डमा आगामी भदौ २४ गतेदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्ने बरियतामा रहेका अफिसर हुन्।
नेपाली सेनामा जन्ममिति र शैक्षिक योग्यतासम्बन्धी प्रशस्त विवादहरु देखिँदै आएको छ । यसअघि जन्ममिति विवादकै कारण उपरथी ताराध्वज पाण्डेलाई सैन्य नेतृत्वले राजीनामा दिन बाध्य पारेको थियो।
उपरथी पाण्डेको राजीनामा पछि सिग्देल रथीमा बढुवा भएका हुन्। पुस ३ गते तत्कालिन बलाधिकृत रथी सिताराम केसीले अवकाश लिएपछि सिग्देलले उक्त जिम्मेवारी सम्हालिरहेका छन् ।
नेपाली सेनामा अहिले रथी सिग्देलपछि रथी पदमा निर्मलकुमार थापा रहेका छन् तर उनी हाल सिरियाको शान्ति मिसनमा फोर्स कमाण्डरका रूपमा कार्यरत छन्।
थापामाथि पनि नक्कली शैक्षिक प्रमाणपत्रको मद्दतले जागिर खाएको भन्ने आरोप लाग्दै आएको छ। तर थापासँग वर्तमान सैन्य नेतृत्वको सकारात्मक दृष्टिकोण रहेपछि उनी कारबाहीमा तानिने सम्भावना नै रहन्न।
किनकी फोर्स कमाण्डर जस्तो महत्वपूर्ण सैन्य नेतृत्व सम्हालेका थापाको संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का सचिवालयसँग व्यवसायिक, विश्वस्निय र प्रभावशाली सम्वन्ध हुन्छ । जुन सम्बन्धलाई हरेक सैन्य नेतृत्वले आफ्नो अनुकुल प्रयोग गर्ने अवसरको रुपमा लिने गर्छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...