नेपालमा १० औं अन्तर्राष्ट्रिय योग दिवस उत्सव – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेपालमा १० औं अन्तर्राष्ट्रिय योग दिवस उत्सव

काठमाडौं। १०औं अन्तर्राष्ट्रिय योग दिवस नेपालका विभिन्न स्थानमा औपचारिक र सार्वजनिकस्थानमा मनाइयो।

काठमाडौंस्थित भारतीय राजदूतावास र महावाणिज्यदूतावासको आयोजनामा काठमाडौं, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगंज, हेटौंडा, गौर र पोखरियासहित नेपालका १० वटा शहर र नगरपालिकामा शृंखलाबद्ध रुपमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ।

यस वर्षको “स्वयम् र समाजका लागि योग” भन्ने विषय (थिम) अनुरुप भारतीय राजदूतावासले मुख्य कार्यक्रम अगावै गत जेठ २५ गते काठमाडौंमा पशुपतिनाथ मन्दिरमा योग प्रदर्शन र अर्को माइती नेपालका चेलीहरुका लागि व्याख्यानसहितको प्रदर्शन गरी दुईवटा कार्यक्रमको आयोजना गरेको थियो।

यस वर्षको “स्वयम् र समाजका लागि योग” भन्ने विषय (थिम) अनुरुप भारतीय राजदूतावासले योग प्रदर्शनको आयोजना गरेको थियो।

भारत सरकारले सन् २०१४मा अघिसारेको र १७५ सदस्य राष्ट्रले समर्थन गरेको प्रस्तावको आधारमा संयुक्त राष्ट्रसंघले २०१४ को जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मान्यता दिएको छ।

बितेको दशकमा जुन प्रस्तावको रुपमा संयुक्त राष्ट्रसंघको महासभाबाट सुरु भएको थियो त्यो स्वास्थ्य र कल्याणलाई प्रवर्द्धन गर्ने वैश्विक आन्दोलनमा परिणत भएको भारतीय दूतावासले जनाएको छ।

योगलाई आज विश्वका सबै संस्कृति र सबै महादेशहरुले अपनाएका छन्,” नेपालका प्रधानमन्त्रीसहित विश्व नेताहरुलाई सम्बोधन गरेको आफ्नो सन्देशमा प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्।

मानव चेतना र प्रकृतिबीच योगको भूमिका एक सेतुको रुपमा रहेको भन्ने कुरालाई जोड दिदै नेपालस्थित भारतीय राजदूतावासले असार ५ गते पोखराको फेवा तालको किनारामा ४५० भन्दा बढी सहभागीहरुका लागि योग तथा ध्यान अभ्यासको आयोजना गरेको थियो।

सोही दिन योग र आयुर्वेदले स्वास्थ्यका  फाइदाहरु उपर केन्द्रित हुँदै आयुर्वेद अभ्यासकर्ताहरुसँग मिलेर पोखरा विश्वविद्यालयका विद्यार्थीहरुका लागि दूतावासले योग प्रदर्शन तथा निःशुल्क स्वास्थ्य परामर्शको पनि आयोजना गरेको थियो। कार्यक्रममा पोखरा विश्वविद्यालयका उप–कुलपति तथा कैयौं वरिष्ठ प्राध्यापकहरुको समेत सहभागीता थियो।

नेपालस्थित भारतीय राजदूतावासले बिहीबार मात्रै पोखराका तीन प्रख्यात स्थलहरु सराङ्कोट भ्यू पोइन्ट जहाँबाट अन्नपूर्ण हिम श्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ; पुम्दीकोटस्थित शिव मन्दिर जहाँ आध्यात्मिक वातावरण र भव्य दृश्य एकैसाथ महसुस र देख्न पाइन्छ र रमणीय अनदु डाँडामा अवस्थित शान्ति स्तुप रहेको स्थानामा योग शिविर राखेको थियो।

योगका शारीरिक, मानसिक र आध्यात्मिक फाइदाबारे प्रकाश पार्दै अनुभवी योग प्रशिक्षकले सहभागीहरुलाई विभिन्न आसन, प्राणायाम र ध्यान विधिबारे जानकारी दिएका थिए। भारतीय राजदूतावासले लुम्बिनीमा विहीबार ९०० भन्दा बढी सहभागीहरुका लागि एक बृहत् योग प्रदर्शनको पनि आयोजना गरेको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महरा लगायत अन्य प्रदेशीय नेताहरुको उपस्थिति रहेको थियो। लुम्बिनीका मुख्यमन्त्रीले भगवान बुद्धको जन्मस्थलमा महत्वपूर्ण योग कार्यक्रम आयोजना गरेकोमा र भारत–नेपाल साँस्कृतिक सम्बन्धलाई बलियो बनाएका बताएका थिए।

राजदूत नवीन श्रीवास्तवले योगको विश्वव्यापी अपिल र स्वस्थ, चिन्तनशील र दिगो जीवनशैली कायम गर्नमा यसको महत्वमाथि जोड दिए।

पोखरा महानगरपालिकासँग सहकार्य गर्दै मिति आज पोखरा रङ्गशालामा आयोजना गरेको योग प्रदर्शन कार्यक्रममा भारतीय राजदूतावासले सन् २०२४ मा नेपालमा मनाएको अन्तर्राष्ट्रिय योग दिवस उत्सवको केन्द्रविन्दुमा रहेको थियो।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र त्यस क्षेत्रका पाँच हजार बढी योगमा अभिरुचि राख्नेहरुले सहभागीता जनाएका थिए।

गण्डकी प्रदेशका मुख्यमन्त्रीले यस वर्षको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय योग दिवस पोखरामा आयोजना गरेकोमा भारतीय राजदूतावासलाई धन्यवाद दिए।

उनले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई नेपाल सरकारले समर्थन गरेको बताए। उनले योग भारत र नेपालबीचको प्रगाढ र दिगो साँस्कृतिक सम्बन्धको एउटा महत्वपूर्ण तत्व भएको बताए।

राजदूत नवीन श्रीवास्तवले योगले नेपाल र भारतबीच बलियो सांस्कृतिक सेतुको रुपमा काम गर्ने र नेपालका महत्वपूर्ण पर्यटकीय स्थलहरुमा योग कार्यक्रमको आयोजना गर्नाले ती ठाउँमा योग पर्यटन प्रवर्द्धन गर्न सकिने बताए।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई नेपालकै पर्यटकीय राजधानीका रुपमा स्थापित गर्नका लागि पोखरामा यस्ता ठूला कार्यक्रम आयोजना गरी पहल लिन सहयोग गरेकोमा दूतावासलाई धन्यवाद दिए।

भारतको महावाणिज्य दूतावासले पनि जनकपुर, चितवन, वीरगंज, हेटौंडा, गौर र पोखरियामा अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रमको आयोजना गर्यो।

अन्तर्राष्ट्रिय योग दिवसको १०औं संस्करणलाई समापन गर्न भारतीय राजदूतावासले मध्यनेपाल नगरपालिकासँगको सहकार्यमा आइतबार असार ८ गते सुन्दर लमजुङ जिल्लामा योग प्रदर्शन कार्यक्रमको आयोजना गर्नेछ।

योग र समग्र स्वास्थ्य अभ्यासमा साझा रुचिको आधारमा भारतीय राजदूतावास नेपालसँग जनता–जनता र साँस्कृतिक आदानप्रदानलाई प्रोत्साहित गर्न प्रतिबद्ध छ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार ७, १५: ३९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार ७, १५: ३९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ असार ७, १५: ३९

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...