फिर्ता वोलाएको एक सातापछि ८ देशमा नयाँ राजदूत सिफारिस – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

फिर्ता वोलाएको एक सातापछि ८ देशमा नयाँ राजदूत सिफारिस

काठमाडौं। सरकारले राजनीतिक पूर्वाग्हका आधारमा १२ देशका राजदूत फिर्ता वोलएको एक सातापछि नै आठ देशमा नयाँ राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको विहीबारको बैठकले राजनीतिक भागबन्डाका आधारमा राजदूत छनौट गरेको हो। पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी भारतका लागि राजदूत सिफारिस भएका छन्।

त्यस्तै, पूर्वसचिव चन्द्र घिमिरेलाई संयुक्त राज्य अमेरिका, मानवअधिकारबादी नेता सुशील प्याकुरेललाई दक्षिण कोरिया र सुम्निमा तुलाधरलाई डेनमार्कका लागि सिफारिस गरिएको छ।

स्पेनका लागि पुष्पराज राजकर्णिकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सेना, बेलायतका लागि डा.विजन पन्त र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमान राजदूतमा सिफारिस भएका छन्।

सरकारले यीवाहेक अन्य चार देशमा पनि राजदूत फिर्ता वोलाएको थियो। वाँकी चार देशमा भने अझै नियुक्ति गर्न वाँकी छ।

राजनीतिक भागबण्डाको आधारमा नेकपा एमालेले सिफारिस गरेकाहरुलाई पहिलो चरणमा राजदूतको सिफरिस गरिएको बुझिएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार ९, १३: ११

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार ९, १३: ११

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार ९, १३: ११

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...