
काठमाडौं। आफुलाई प्रहरीको इन्सपेक्टर (प्रहरी निरिक्षक) भएको भन्दै भक्तपुरमा २ करोड रुपैयाँ लुटपाट गर्ने दुई जनालाई प्रहरीले प्रक्राउ गरेको छ।
घटना मंगलबार रातिको भएपनि ढिलोगरी खबर बाहिरीएको हो। भक्तपुरको दधिकोटका एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट भएको हो ।
आफूहरू प्रहरी भएको भन्दै चार÷पाँचजनाको समूहले दधिकोटका ती व्यवसायीको घरबाट उक्त नगद लुटपाट गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दिपक थापाले बताए ।
घटनाबारे विस्तृत विषय आइनसकेको र अनुसन्धान जारी रहेको उनले बताए।
भक्तपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।
अनुसन्धानका क्रममा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य केही फरार रहेको बताइएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...