
पोखरा । कास्की आदर्श समाज कतारद्वारा कास्कि जिल्ला पोखरा महानगरपालिका –२६ लेखनाथस्थित सृजना बहिरा आवसीय माध्यमिक विद्यालयलाई अक्षयकोष बृद्धिका लागि एक लाख २५ रुपैयाँ रकम उपलब्ध गराएको छ।
समाजले २१ जुन अर्थात असार ७ गते शुक्रबार आयोजित एक समारोहबीच सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो।
कास्की आदर्श समाज कतारका सह–कोषाध्यक्ष बसन्त श्रेष्ठको सभापतित्व र पोखरा महानगरपालिका २६ का कार्यवाहक वडाध्यक्ष तीर्थ बहादुर राजभाटको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच सो परिमाणको रकम हस्तान्तरण गरिएको थियो।
प्रमुख अतिथि राजभाटबाट ब्यानरमा हस्ताक्षर गरी बिधिबत उद्घाटन गरिएको सो कार्यक्रममा सबैले उठेर नेपालको राष्टिय गान सामुहिक रूपमा गाइएको थियो।
राष्ट्रिय गानपछि कार्यक्रममा उक्त आवासीय बिद्यालयका प्रधानाध्यापक सुनिल कुमार भण्डारीले स्वागत मन्तब्य दिँदै सहयोग रकमले कोष वृद्धिसँगै बिधायलकै बिद्यार्थीको शैक्षिक क्रियाकलापमा प्रयोग गरिने जानकारी दिए।
काश्की आदर्श समाज कतारलाई गण्डकी प्रदेस समन्वय परिषद कतारबाट ५० हजार, सस्थाका आजीबन सदस्य तथा व्यावसायी रामचन्द्र सुनारबाट ५० हजार र समाजसेवी तथा सस्थाका संरक्षक बिमल सुबेदीबाट २५ हजार रुपैयाँ गरी एकमुष्ठ एक लाख २५ हजार रुपैयाँ संकलन गरिएको थियो।
कार्यक्रमका सभापति बसन्त श्रेष्ठ, प्रमुख अतिथि कास्की आदर्श समाज नेपालका अध्यक्ष विश्वबन्धु थापा, सल्लाहकार खुसीमान गुरुङ, संस्थामा आबद्ध व्यक्तित्वका परिवारका सदस्यहरुको सयुक्त रोहबरमा बिधालय परिवारलाई सो रकम हस्तान्तरण गरिएको थियो।

शुभकामना मन्तब्य दिँदै समाजका अध्यक्ष थापाले आफु सस्थामा पुर्बअध्यक्ष भएको र बिगतदेखि नै सस्थाले मानबीय सहयोगी कृयाकलप गर्दै आएकोमा झन सकृय भएको देख्दा खुसी लागेको बताए।
उनले आफ्नो खाजा, नास्ताको केही रकम कटाएर आफ्नो जन्मभूमि नेपालमा शैक्षिक क्षेत्रमा सहयोग गर्न पाएकोमा हार्दिक धन्यबाद व्यक्त गरे।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठले कुनै पनि परिवार सफल हुन घर परिवारको साथ चाहिने भएकोले यस कार्यक्रममा सबै जनाको परिवार सहभागी भएकोमा धन्यबाद दिँदै खुसी व्यक्त गरे।
‘हामी धन कमाएर मात्र खुसि हुन सक्दैनौ, धनलाई गरिब, दुखी, असहायलाई दिँदा उहाँहरुको मुहारमा आउने हाँसो र खुसिले हामीले गरेको कामको पुण्य, खुसी, र सन्तुष्टि मिल्छ’, श्रेष्ठले भने।
पोखरा वडा न २६ का कार्यबाहक अध्यक्ष तिर्थबहादुर राजभाटले प्रबासमा रहेर पनि आफ्नो देसप्रतिको माया ममता देखाएर सहयोग गर्ने सबै सहयोगीप्रति धन्यबाद व्यक्त गरे।

उनले फरक क्षमता भएका बिधार्थीहरुलाई सहयोग गरेकोमा खुसी व्यक्त गरे। राजभाटले बिद्यालयलाई बिगतमा पनि आबस्यक सहयोग गरिरहेको र आउँदा दिनहरुमा पनि थप आवस्यक सहयोग गरिरहने प्रतिबद्धता जनाए।
कार्यक्रमममा संस्थाको विभिन्न पदमा आसिन ब्यक्तित्वहरु रुकु लम्साल देबकोट, सुनिता पौडेल सुबेदी, माया सुनार, कृपा सुनार, सम्झना गुरुङ, नमिता पौडेल, माया भण्डारी, भूपू सदस्य सावित्री गिरि, गोबिन्द कार्कीलगायतका व्यक्तित्वहरु परिवारसहित उपस्थित थिए।

त्यस्तै, बिद्यालयका शिक्षक कृष्णकुमारी बराल, बिद्यालय व्यवस्थापन समितिका सदस्य रिंकु मगर, विभिन्न समाजका अध्यक्षहरु, पत्रकार लगायत बिद्यालयका अन्य कर्मचारीहरुको बाक्लो सहभागिता थियो। कार्यक्रमको सहजीकारण संस्थाका पूर्बसचिब तथा बर्तमान सल्लाहकार खुशीमान गुरुङले विशेष धन्यवाद दिएका थिए।


ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...