
इटहरी। सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ र मोरङ जिल्लाको सुन्दर हरैँचा नगरपालिका वडा नम्बर ५ बीच भएर बग्ने बुढी खोलामा आएको बाढीले चार जनालाई बगाएको छ।
बुढी खोलामा माछा मार्ने क्रममा सुन्दर हरैंचा नगरपालिका ५ बस्ने एकै परिवारका चार जनलाई खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन्।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार बाढीले बगाएकी फुटनीदेबी चौधरीको शव भने प्रहरीले बरामद गरेको छ।
प्रहरी स्वस्तीक चौधरीलाई जिवितै उद्धार गर्न सफल भएको छ। बेपत्ता अन्य दुई जनाको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...