
काठमाडौं। २४ घण्टादेखि परेको अविरल वर्षासँग आएका चट्याङ र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ।
प्रहरीका अनुसार लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा बेपत्ता भएका चार जनाको मृत्यु भएको छ।
पहिरोले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए।
पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताए।
प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन्।
हालसम्म पहिरोबाट लमजुङमा ४ जनाको काश्कीमा ३ जनाको र ओखलढुंगामा १ जना गरी आठ जनाको मृत्यु भएको छ । यस्ते चट्याङ लागेर कैलाली, कपिलबस्तु र रोल्पामा २–२ जना र लम्जुङ्मा १ गरी ७ जनाको मृत्यु भएको छ।
चट्याङ लागेर कैलालीमा ५ जना र लम्जुङमा ३ जना घाईते भएका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...