कर बढाएको विरोधमा केन्याको संसद भवनमा आक्रमणः कम्तीमा ५ को मृत्यु – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

कर बढाएको विरोधमा केन्याको संसद भवनमा आक्रमणः कम्तीमा ५ को मृत्यु

काठमाडौं। पूर्वी अफ्रिकी देश केन्यामा संसदले कर बृद्धि गरेको भन्दै सर्वसाधरण जनताले आक्रोस व्यक्त गर्दै सार्वजनिक विरोध गरेका छन्।

प्रदर्शनकारीले संसद भवनमा आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली समेत चलाएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार प्रहरीको गोली लागेर कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्।

सरकारले ल्याएको कर बढाउने विधेयकको विरोधमा प्रदर्शन शुरु भएपछि यसले उग्र रुप लिएको हो।

राजधानी नैरोबीमा प्रदर्शनकारी संसद भवनमा प्रवेश गरेर तोडफोड गर्नुका साथै आगो लगाइदिएको दृश्य भिडियोमा देखिएको छ । प्रदर्शनकारी संसद भवनमा पुगेर आगो लगाएपछि सांसदहरुलाई भूमिगत सुरुङबाट बाहिर निकालिएको थियो।

केन्याका अन्य धेरै सहरहरूमा पनि विरोध र झडपहरू भएका छन्। प्रदर्शनकारीले राष्ट्रपति विलियम रुटोलाई पद छोड्न माग गरिरहेका छन्।

राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै रुटोले कर बहसलाई ‘खतरनाक व्यक्तिहरूले अपहरण गरेको’ बताएका छन्।

 

सम्बन्धित समाचार

त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले पायो पूर्णता, चार सदस्य नियुक्त
त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले पायो पूर्णता, चार सदस्य नियुक्त
  • २०८१ असार १२, १५: २३

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद्ले पूर्णता पाएको छ। परिषद्का रिक्त सदस्य पदमा चार जना प्राध्यापक नियुक्त भएसँगै...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
  • २०८१ असार १२, १५: २३

काठमाडौं : स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरिएको छ । भण्डारीलाई प्रहरीको केन्द्रीय...

मधेशको सुरक्षा अवस्थाबारे कांग्रेस आन्तरिक परामर्शमा, सभापति थापाले लिए प्रदेश नेतृत्वसँग जानकारी
मधेशको सुरक्षा अवस्थाबारे कांग्रेस आन्तरिक परामर्शमा, सभापति थापाले लिए प्रदेश नेतृत्वसँग जानकारी
  • २०८१ असार १२, १५: २३

काठमाडौं : मधेश प्रदेशका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा देखिएका हिंसात्मक घटनापछि नेपाली कांग्रेसले सुरक्षा अवस्था र त्यसको स्थानीय जनजीवनमा परेको...