पर्यटन विभागद्वारा निर्मल पुर्जालाई कारबाही गर्न सिफारिस – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

पर्यटन विभागद्वारा निर्मल पुर्जालाई कारबाही गर्न सिफारिस

काठमाडौं। पर्यटन विभागले आरोही निर्मल पुर्जालाई कारबाही गर्न सिफारिस गरेको छ।

सगरमाथा आरोहणको क्रममा शेर्पाहरूले डोरी काटेको भ्रमपूर्ण सन्देश प्रवाह गरेको विषयमा विभागले उनीमाथि छानबिन थालेको थियो।

विभागले उनलाई उक्त प्रकरणमा दोषी ठहर गर्दै कारबाहीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको हो।

स्रोतका अनुसार उनलाई पर्यटन ऐन ३०३५ को दफा ३८(१) अनुसार कारबाही सिफारिस गरिएको छ। उक्त दफाअनुसार कारबाही भए पुर्जालाई पाँच वर्षसम्म नेपाल प्रवेश तथा १० वर्षसम्म नेपालमा पर्वतारोहण गर्न नपाउने गरी सरकारले प्रतिबन्ध लगाउन सक्ने व्यवस्था छ।

अब मन्त्रिपरिषदले पुर्जालाई कारबाही गर्ने÷नगर्ने विषयमा निर्णय लिनेछ। पुर्जामाथि यौन दुर्व्यवहारको समेत गम्भीर आरोप पनि लागिसकेको छ।

पुर्जामाथि पूर्वमिस फिनल्यान्ड लोट्टा हिन्ट्साले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। काठमाडौंको एक होटलमा व्यापारिक छलफलका क्रममा पुर्जाले आफूलाई किस गरेको, होटलको कोठासम्म तानेर लगेको र कपडा खोलेको लोट्टा हिन्ट्साले न्युयोर्क टाइम्सलाई बताएकी थिइन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार १२, १६: ३६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार १२, १६: ३६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ असार १२, १६: ३६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...