
काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद प्रभु साहले नेपाली सेनाका रथी अशोकराज सिग्देलको जन्ममिति विवादस्पद देखिएको भन्दै कारबाहीको माग गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उनले रथी सिग्देलको नागरिकतामा दुईथरी जन्ममिति भएको बारे सूचनाहरु सार्वजनिक हुँदा समेत रक्षामन्त्री मौन बसेको भन्दै आपत्ति जनाए।
‘नेपालको गौरवशाली इतिहास बोकेको संस्थाको नेतृत्वका गलत क्रियाकलापले गर्दा वेथिति बढेको भन्दै संसारले मानेको नेपाली सेनामा यसरी विवादमा तानिुनु अत्यन्तै चिन्ताको विषय भएको बताए।
‘नेपालले गौरव गरेको नेपाली सेना यसरी कलङ्कित भईरहँदा रक्षा मन्त्री किन मौन बस्नु भएको छ’, सांसद साहले भने, ‘सेनाको छविमाथि आँच पुर्याउने हर्कत जसले गरेको छ। तीनलाई कारबाही हुनपर्छ।’
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...