
काठमाडौं। पूर्वगृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा एक वर्षपछि पक्राउ परेका छन्।
थापालाई प्रहरीले राजधानीको बौद्धबाट पक्राउ गरेको हो। थापालाई प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एक वर्षदेखि खोजी रहेको थियो।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई संयुक्त राज्य अमेरिका पठाउन पैशा उठाएको आरोपमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाडौंले थापालाई फरार सूचीमै राखेर अदालतमा मुद्दा दायर गरेको थियो।
उनले बाबु रामबहादुर थापा गृहमन्त्री भएका बखत विचौलिया र गृह मन्त्रालयकै कर्मचारीहरुसँग मिलेर शरणार्थी प्रकरणमा असुली धन्दा चलाएको अनुसन्धानबाट खुलेको थियो।
प्रतीक २०७९ चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि फरार थिए ।
प्रतीकले २०८० वैशाख २१ मा प्रेस विज्ञप्ति जारी गरी आफू घटनामा संलग्न नरहेको भन्दै अनुसन्धानलाई सघाउने बताएका थिए। तर प्रहरीले ०८० वैशाख ३१ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि उनी प्रहरीसमक्ष नआई फरार थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...