
काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष समेत रहेकी संसदीय दलकी नेता रञ्जिता श्रेष्ठ चौधरीलाई संसदीय दलको नेताबाट हटाइएको छ।
श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका छन्।
प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन्। सांसदहरु गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी (रेशमका बुबा) ले श्रेष्ठलाई दलको नेताबाट हटाएका हुन्।
गंगा चौधरीलाई दलको नेता चयन गरेपछि प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि मन्त्रिपरिषद विस्तार गरी रञ्जितालाई मन्त्री बनाउने तयारी गरिरहेका बेला नाउपाका बहुमत सांसदले दलको नेताबाट हटाएका हुन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...