मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔंः ओली – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
ओलीको प्रस्ताव सुनेर प्रचण्ड तनावमा

मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔंः ओली

 

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव सुनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ तनावमा परेका छन्।

दाहाल नेतृत्वको दल नेकपा माओवादी केन्द्रलाई नयाँ बन्ने सरकारमा सहभागी हुन ओलीले प्रस्ताव गरेपछि दाहाल छाँगोबाट खसेजस्तै भएका छन्।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा ओलीले अब आफू छिट्टै नै नयाँ सरकारको प्रधानमन्त्री बन्ने र सो सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए।

‘कांग्रेसले ओलीको नेतृत्वमा नयाँ सरकार बनाउनका लागि प्रस्ताव गरेको छ। बहुमतको सरकार बनाउनका लागि अन्य दल चाहिने होइन। तर, राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि ओलीले माओवादीलाई पनि सरकारमा सहभागी हुन प्रस्ताव गर्नु भएको हो,’ स्रोतले भन्यो।

ओलीको प्रस्तावप्रति प्रचण्डले फरक मत राखेका छन्। उनले आफू सरकारको नेतृत्व छोड्न तयार रहेको तर यही गठबन्धनलाई निरन्तरता दिन उपयुक्त हुने बताएका थिए।

दाहालले आफू सरकारको नेतृत्वबाट हटेर ओलीलाई प्रधानमन्त्री बनाउन तयार रहेको तर वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिन अनुरोध गरेको बताइएको छ।

ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार दिउँसो ओली निवास बालकोटमा करिव तीन घण्टा गोप्य छलफल भएको थियो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार १७, १८: २३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार १७, १८: २३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार १७, १८: २३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...