
काठमाडौं। नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी गर्ने भएको छ।
कांग्रेसले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति स्वर्गीय कोइरालाको स्मृतिमा ‘क्रान्तिदेखि शान्तिसम्म’ ऐतिहासिक फोटो प्रदर्शनी र विमर्श सभा गर्न लागेको हो ।
पाँच पटकसम्म प्रधानमन्त्री बनेका कोइराला कांग्रेसका पूर्वसभापति हुन्। उनको स्मृतिमा क्रान्तिदेखि शान्तिसम्म ऐतिहासिक फोटो प्रदर्शनी र विमर्श सभा गर्न लागेको कांग्रेसले जनाएको छ।
सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेसको सूचना, संचार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले मंगलबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म फोटो प्रदर्शनी हुने बताए।
फोटो प्रदर्शनी र विमर्श सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र अरू दलका शीर्ष नेताहरूलाई पनि निम्ता गरिएको छ।
पार्टी कार्यालयको भुइँतलाको हलमामा एक सय ५१ थान ऐतिहासिक महत्वका फोटो प्रदर्शनीमा राखिने छ। विमर्श सभामा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला र पूर्वमन्त्री प्रदीप ज्ञवालीले प्रवचन दिने छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...