
काठमाडौं – रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी सात जनाको मृत्यु भएको जानकारी दिए।
जिल्ला अस्पताल लिवाङमै रहेका प्रमुख जिल्ला अधिकारी रायमाझीले भने, ‘कुल १५ जना यात्रुहरुमध्ये सात जनाको मृत्यु भएको छ। चालकसहित ८ जना घाइते छन्।’ दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि बुटबल रिफर गरिएको छ।’
माडी गाउँपालिका २ घर्तीगाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुकी सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियो।
पहिरो गएर बाटो बन्द भएको स्थानबाट अगाडि बढ्न नसकेपछि जिप रोकिएको र ब्याक गर्ने क्रममा भिरबाट तल खसेको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा रोल्पाको माडी गाउँपालिका–३ का ७७ वर्षीय खड्ग डाँगी, सोही ठाउँकी ३० वर्षीया अमृता घर्ती, ३३ वर्षीय जुनमाया खड्का, रोल्पाकै परिवर्तन गाउँपालिका– २ का ३१ वर्षीया रामकली पुन, माडी गाउँपालिका– ३ का ५० वर्षीय कर्मा घर्तीमगर र २७ वर्षीय चुपलाल डाँगीको मृत्यु भएको र बालिका अमृताकी छोरी रहेको आशंका गरिएको छ।
मृतकमध्ये ६ जना माडी गाउँपालिकाका र एकजना परिवर्तन गाउँपालिकाका बासिन्दा रहेको खुलेको छ। सनाखत भएसँगै माडी गाउँपालिका शोकमग्न बनेको छ ।
दुर्घटनामा आठ जना घाइते भएका छन्। त्यसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
घाइते ८ जनामध्ये दुई जना उपचारपछि डिस्चार्ज भएका छन् भने गम्भीर अवस्थाका ६ जनालाई थप उपचारको लागि बुटवल ल्याइएको छ । उनीहरुको चौराह अस्पतालमा उपचार भइरहेको छ ।
सडकमा रहेको पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जिप दुर्घटनामा परेको हो। जिपमा सवार दिलकुमारी घर्तीले जिप खस्नुअघि हामफालेर ज्यान जोगाएकी थिइन्। उनले गाउँले गुहारेपछि घाइतेको तत्काल उद्धार गरिएको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...