ओली प्रधानमन्त्री, कांग्रेस १० मन्त्रालयसहित सरकारमा जाने, यस्तो छ ७ बुँदे सहमति – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

ओली प्रधानमन्त्री, कांग्रेस १० मन्त्रालयसहित सरकारमा जाने, यस्तो छ ७ बुँदे सहमति

काठमाडौं। नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ। गएराति भएको सहमतीअनुसार दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको हो।

दुई दलका शीर्ष नेताबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ। पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नेछन् भने चुनावी सरकारको नेतृत्व नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन्।

हाललाई ओली नेतृत्वको सरकारमा एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय पाउने छ।

पछिल्लो राजनीतिक घटना क्रमको निकासका लागि प्रमुख दुई शीर्ष नेता एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीचको छलफलका लागि कांग्रेसका रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की खटिएका थिए भने नेकपा एमालेका तर्फबाट शंकर पोखरेल, प्रदीप ज्ञवाली र रमेश बडाल खटिएका थिए।

ललितपुरको झम्सिखेलमा रहेको होटल भिभान्तामा भएको सहमतिमा अब सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने जनाइएको छ।

त्यसका साथै प्रदेशमा ३÷३ वटामा नेतृत्व लिइने र मधेशमा मधेश केन्द्रीत दललाई नै नेतृत्व दिइने सहमति भएको पनि जनाइएको छ।

ललितपुरको भिभान्ता होटलमा भएको समझदारीमा प्रारम्भिक ७ बुँदे मस्यौदा सार्वजनिक भएको छ। जसमा

१, एमाले अध्यक्ष के पी ओली दुई वर्ष प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने।

२.प्रदेश सरकारहरुमा ३÷३ वटा सरकार नेतृत्व गर्ने । मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दलकै नेतृत्व दिने ।

३.संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने ।

४.प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने ।

५.पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने ।

६.संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने ।

७.प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने ।

संविधान संशोधन रहेकाले दुई तिहाइ पु¥याउन संसदका साना दलहरू लोसपा र राप्रपालाई पनि सरकारमा ल्याउने तयारी छ । दुई तिहाइ पु¥याउन आउने पार्टीलाई पनि मन्त्रालय दिने गरी अध्यक्ष ओली र सभापति देउवाबिच समझदारी भएको छ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार १८, १२: १५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार १८, १२: १५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार १८, १२: १५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...