
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने भएका छन्।
नेकपा माओबादी केन्द्रको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने धारणा बनाएको र त्यसलाई पदाधिकारीहरुले समर्थन गरेको पनि जनाइएको छ। दाहालले राजिनामा नदिएमा उनलाई थप २९ दिन पदमा रहने संवैधानिक सुविधाको उपभोग गर्न खोजेको देखिन्छ।
संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोश्रो ठूलो दल नेकपा एमालेसँग सुविधाजनक बहुमत भए पनि प्रधानमन्त्री दाहालले विश्वासको मत पाएको दुई वर्षसम्म अविश्वसाको प्रस्ताव ल्याउन पाइँदैन। तर सत्ता साझेदार दलले समर्थन फिर्ता लिएमा भने एक महिना भित्र विश्वासको मत लिनु पर्छ।
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको प्रमुख घटक एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएमा संघीय सदनबाट दाहालले एक महिना भित्र विश्वासको मत लिइसक्नु पर्छ।
राजीनामा दिँदा नयाँ सरकार गठनको बाटो खुल्ने थियो । प्रधानमन्त्रीले राजीनामा नदिने अडानसँगै एमालेले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारमाथिको समर्थन फिर्ता लिने तयारी गरेको छ।
त्यसो गर्दा प्रचण्डले एक महिनाभित्र विश्वासको मत लिन पाउने सुविधा संविधानले दिएको छ।
यता संघीय संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ।
मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
उनले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...