एमालेले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलायो – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

एमालेले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलायो

काठमाडौं। सत्तारुढ नेकपा एमालेले संघीय सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा बसेको सचिवालय बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

नेपाली कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने सहमति भएसँगै मन्त्रीहरु फिर्ता बोलाउने निर्णय भएको एक नेताले बताए।

पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठको नेतृत्वमा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन महिनाअघि सहभागी भएको थियो।

यसरी सरकारबाट फिर्ता हुनेमन्त्रीहरुमा कानुन मन्त्री पदम गिरी, उद्योग मन्त्री दामोदर भण्डारी, महिला तथा वालवालिका मन्त्री भगवती चौधरी, खानेपनी मन्त्री राजेन्द्र राई, कृषि मन्त्री ज्वालाकुमारी साह, रक्षा मन्त्री हरि उप्रेति र भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार १८, १९: ४७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार १८, १९: ४७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार १८, १९: ४७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...