
काठमाडौं। राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन्। उनलाई बुधबार बालाजु क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिषर काठमाडौंले जनाएको छ।
एसएसपी वसन्त रजौरका अनुसार उनलाई प्रहरीले सहकारीको बचत हिनामिना गरेको अभियोगमा पक्राउ गरेको हो। उप्रेती एमालेको केन्द्रीय सहकारी विभागका सचिव समेत हुन्।
उप्रेती आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक पनि हुन्। उक्त सहकारीलाई पनि समस्याग्रस्त सहकारीका रुपमा घोषित गरिएको छ।
एमाले सांसद सूर्य थापा सभापति रहेको सहकारी ठगीसम्बन्धी संसदीय छानविन समितिलाई दिइएका २० समस्याग्रस्त सहकारीको सूचीमा यो पनि रहेको छ।
उक्त सहकारीले करीव २ अर्ब निक्षेप भुक्तानी गर्न नसकेपछि समस्याग्रस्त भएको हो। उप्रेती संसदीय छानविन समितिले मंगलवार सरोकारवालासँग गरेको छलफलमा समेत सहभागी भएर सहकारी संकट समाधानका उपायबारे सुभाव दिएका थिए।
एमालेको केन्द्रीय सहकारी विभाग सचिव समेत रहेका उप्रेतीलाई पार्टीले केही महिनाअघि जिम्मेवारीबाट हटाएको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...