
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा.मुकुल ढकालले जनताको पक्षमा बोल्दा आफूमाथि कारबाही भएको बताएका छन्।
पार्टीको केन्द्रीय समितिले कारबाही गरेपछि सामाजिक सञ्जालमार्फत डा.ढकालले बोलेकै आधारमा आफूमाथि निलम्बनको पत्र थमाइएको बताए।
बुधबार बसेको केन्द्रीय समितिको बैठकले डा. ढकाललाई पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै ७ दिनसम्म महामन्त्री पदबाट निलम्बन गर्ने निर्णय गरेको छ।
जनताको आवाज बोल्दा रवी लामिछानेको विरूद्ध बोलेको हुने भएकाले जनताको पक्षमा बोल्नपर्छ भनेर सत्यको पक्षमा बोलिदिएको उनको दाबी छ।
‘सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले, मिडियाबाजी गर्न बाध्य भए।’ ढकालले फेसबुकमा निलम्बनको पत्र राख्दै लेखेका छन्,‘मलाई शङ्का लाग्यो, प्रतिवेदनलाई फास्स फुस्स गर्छन्, पार्टी बिग्रिसक्यो, सुधार्दैनन्। जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारबाहि भएको छ’ उनले भनेका छन्।
ढकालले सभापति लामिछानेले देश बनाउँछन् भन्ने ठानेर कतिपय कुरा गलत लाग्दा लाग्दै पनि आफूले मानिदिएको बताए। तर, सरकारमा पुगेपछि लामिछानेले देश बनाउँछ वा बनाउँदैन ? जनताले जे भने त्यहि आफूले बोलिदिएको उनको भनाई छ।
हेर्नुस डा.ढकालको फेसवुक स्टाटस –

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...