प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी साता असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन्।

प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा विश्वास मत लिनका कार्यसूचीमा समावेस गरिदन प्रधानमन्त्री दाहालले आज संघीय संसदका महासचिवलाई पत्र पठाएका छन्।

नेकपा (एमाले) ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

‘नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्ने प्रावधान भएकाले उक्त विषय प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा समावेस गर्ने व्यवस्था गर्न लागि अनुरोध छ’, प्रधानमन्त्री दाहालले पठाएको पत्रमा उल्लेख छ।

२०७९ पुस ११ गते ठगीत दाहाल नेतृत्वको सरकारमा सहभागी दलहरुमध्येको एक दलले समर्थन फिर्ता लिएको हुँदा विश्वासको मत लिनु पर्ने दाहालले पत्रमा जनाएका छन्।

हेर्नुस् पत्र

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार २१, १७: ५४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार २१, १७: ५४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार २१, १७: ५४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...