बाढी–पहिरोले देशभरका ३६ सडक पूर्णरुपमा अवरुद्ध – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

बाढी–पहिरोले देशभरका ३६ सडक पूर्णरुपमा अवरुद्ध

काठमाडौं। शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरमा ३६ वटा सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले शनिबार साँझ सार्वजनिक गरेको विवरण अनुसार कान्ति लोकपथ र चित्लाङ मकवानपुर सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ।

संखुवासभाको मकालु गाउँपालिका–३ स्थित दक्षिण कोशी राजमार्ग र भोटखोला गाउँपालिका–४ स्थित कोसी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। यो सडक खण्ड वर्षाभरि नखुल्ने पनि प्रहरीले जनाएको छ।

रसुवा, मकवानपुर, सिन्धुली, काभ्रे, मनाङ, म्याग्दी, लमजुङ, स्याङ्जा, तनहुँ, प्युठान, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, दाङ, बझाङ, दार्चुला र अछामका विभिन्न स्थानमा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

रसुवाको स्याफ्रुबेसी–थाम्बुचेत सडक, चखेल–देउराली जाने सडक, सिन्धुलीको सुनकोसी गाउँपालिका २ मा गएको पहिरोका कारण बिपी राजमार्ग र काभ्रेको रोशी गाउँपालिका ८ नर्केमा भएको अवरोधका कारण बिपी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

मनाङको चामेमा बाढीका कारण चामे–वेँसीसहर सडकखण्ड पूर्णरूपमा अवरोध भएको प्रहरीले जनाएको छ । म्यादीमा पहिरोका कारण बेनी–दरवाङ सडक र बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ । लमजुङमा पहिरोका कारण बेशीसहर मनाङ सडक पूर्णरूपमा अवरुद्ध भएको छ भने तनहुँको आँबुखैरेनीमा पहिरोका कारण पृथ्वी राजमार्गमा अवरुद्ध भएको छ ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार २३, १२: ५७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार २३, १२: ५७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार २३, १२: ५७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...