बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा

धुलिखेल। अविरल वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । लेदो र बाढीका कारण अवरुद्ध राजमार्ग प्रहरी र स्थानीयको पहलमा सडक एकतर्फी सञ्चालन ल्याएको हो ।

काभ्रे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठअनुसार शुक्रबार रातिदेखि निरन्तर परेको वर्षाका कारण शनिबार बिहान करिब ८ बजे काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ नार्के र चारसयबेँसी, वडा नं ९ को मङ्गलटारस्थित मङ्गल जनविजय मावि अगाडि वडा नं ११ कालढुङ्गा र वडा नं १२ को माम्तिस्थित सडक खण्ड अवरुद्ध भएको थियो ।

अरनिको राजमार्ग सडक खण्डअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ बाउन्न किलोस्थित खहरेखोलाबाट लेदो आई सडक अवरुद्ध भएको थियो । उक्त स्थानलगायत धुलिखेल नगरपालिका–८ तिरतिरेधारा नजिकै पहिरो र रुख ढलेर अवरुद्ध भएकामा सडक अहिले एकतर्फी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार २३, १३: ०७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार २३, १३: ०७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ असार २३, १३: ०७

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...