
काठमाडौं। आइतबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक, दुई स्थानमा अति भारी वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागले आज जारी गरेको सूचनामा सो क्षेत्रका वासिन्दालाई सतर्क रहन भनिएको छ।
विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार साहले आजदेखि भोलिसम्म सुदूरपश्चिम प्रदेशका एक,दुई स्थानमा अति भारी वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेका हुन्।
कर्णालीमा पनि उत्तिकै वर्षाको सम्भावना रहेको छ। देशभर नै बदली भई वर्षा भने जारी रहने जनाइएको छ। हिँजो बागमति र गण्डकी प्रदेशमा अति भारी बर्षा भएको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...