
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्ताव यही शुक्रबार असार २८ गते निर्णयार्थ पेश हुँदैछ।
उनको प्रस्ताव असफल हुने पनि निश्चित छ। दाहाल नेतृत्वको सकारको विकल्प रोज्ने गरी संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले सहमति गरेँसँगै सरकारमा जाने मन्त्रीहरुको दौडधुप बढेको छ।
एमाले र कांग्रेस दुवै दलको संसदीय दलको बैठकले औपचारिक रुपमा प्रधानमन्त्री दाहालले पेश गर्ने विश्वासको मतको विपक्षमा मत दिने र संविधानको धारा ७८ को उपधारा (२) बमोजिम नै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने निर्णय गरिसकेको छ।
त्यसैले मन्त्री बन्न आकांक्षा राख्नेहरु यतिवेला कांग्रेस सभापति देउवाको निवास वुढानिलकण्ठमा लर्को लाग्ने गरेको छ। तर, सभापति देउवाले कसलाई ओली नेतृत्वको सरकारमा नेतृत्व गरी पठाउने भन्ने वारेमा कसैलाई पनि संकेत नदिएको बुझिएको छ।
पार्टी सभापति देउवा निकटका नेताहरु शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन, संविधान संशोधनको एजेण्डालाई पूर्णता दिन र एमालेलाई कांग्रेससँगको सहकार्य मजबुद बनाई आगामी एक वर्षपछि सभापति देउवालाई ओलीले सत्ता हस्तान्तरणको वातावरण तयार गर्न सिटौलालाई पठाउनु पर्ने सुझाव सभापति देउवालाई दिएका छन्।
पार्टी उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री विश्वप्रकाश शर्मा सिटौला, सिंह वा निधिमध्ये कसलाई सरकारमा पठाउँदा उपयुक्त हुन्छ भनेर मुख खोल्न चाहँदैनन र तर उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, देउवा निकटका नेताहरु ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशरण महत, मोहनबहादुर बस्नेत भने सिटौलालाई सरकारको नेतृत्व लिएर पठाउनु पर्ने पक्षमा उभिएका छन् ।
यता नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर भने सिटौला राष्ट्रिय सभामा संसदीय दलको नेता नै भइसकेको हुनाले यसपटक प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारमा कांग्रेसको तर्फबाट नेतृत्व दिएर पठाउनु पर्ने लविङमा जुटेका छन्।
सिंह आफैले महाधिवेशनमा देउवालाई सभापतिको निर्वाचनमा दोश्रो चरणमा सहयोग र समर्थन गरेको भन्दै उपप्रधानमन्त्रीको दाबी गरेका छन्।
निधीले समेत आफूले अवसर नपाएको र मित्रराष्ट्रसँगको सम्वन्ध सुदृढ र समावेसी प्रतिनिधित्वको लागि समेत आफूले अवसर पाउनु पर्ने भन्दै लविङमा लागेका छन्।
वुढानिलकण्ठ श्रोतका अनुसार गृहमन्त्रीमा रमेश लेखक र परराष्ट्र मन्त्रीमा डा.आरजु राणा देउवा करिव करिव निश्चित छ । सुदूरपश्चिमबाटै सहमहामन्त्री बन्द्र पाण्डे, बीरबहादुर बलायर र इश्वरी न्यौपानेले पनि मन्त्रीमा दाबी नगरेका होइनन्।
सहमहामन्त्रीबाट किशोर सिंह राठौर र जीवनबहादुर परियारमध्ये एक जना वा दुवै जना पर्ने सम्भावना छ। लुम्बिनी प्रदेशबाट डा. चन्द्रकान्त भण्डारीको सम्भावना छ।
बागमतिबाट भने प्रकाशमान सिंह सरकारमा नगए राजन केसीको सम्भावना छ। यो प्रदेशबाट ललितपुरका उदय शम्शेर राणा, सिन्धुलीका श्याम घिमिरे र धादिङका रामनाथ अधिकारीको नाम चर्चामा छ।
यता मधेश प्रदेशमा तेजुलाल चौधरी र अजय चौरसियाको नाम अघि आएको छ भने कर्णाली प्रदेशबाट हृदयराम थानीको सम्भावना छ। यता कोशी प्रदेशबाट फेरि डिकबहादुर लिम्बुको र संखुवासभाका दिपक खड्काको नाम चर्चामा छ।
पूर्वमहामन्त्री डा.शसांक कोइरालाले खड्का र दीपक गिरीमध्ये एकलाई बनाउनु पर्ने अडान लिएका छन्। राष्ट्रपति स्रोतबाट तेजुलाल चौधरी मन्त्री नभए सुरेन्द्र आचार्यको नाम अघि सार्ने भएको बुझिएको छ।
महामन्त्री गगन थापाले प्रदीप पौडेल र प्रतिमा गौतममध्ये एकलाई मन्त्रीको लागि लविङ गरिरहेको बुझिएको छ।
–नयाँ विकल्प साप्ताहिकबाट साभार
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...